चितवनः चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२३, बेलहट्टामा आमा छोराको मृत्यु भएको छ।
आफ्नै निवासमा बसिरहेका बेला अचानक आएको हात्तीको आक्रमणबाट २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको मृत्यु भएको हो।
भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष दीपक दवाडीका अनुसार शनिबार राति निकुञ्जबाट निस्किएको जंगली हात्तीले घरमै आक्रमण गर्दा आमाछोराको घटनास्थलमै मृत्यु भएको हो।
प्रकाशित मिति : आइतबार, असार २१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्