४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

४ वटा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

?????? ??????? ????? ????????, ?? ????? ?????? ?????? ????? ??????????? ???????? ????? ?????????????? ?????? ??????? ???????? ? ??????? ????????? ????÷????

काठमाण्डाै – राष्ट्रियसभाले ४ वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । आजकाे बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ४ वटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्नुभयाे ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक २०८३ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्नुभयाे ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक २०८३ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्नुभयाे ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्नुभयाे ।

प्रकाशित मिति : मंगलबार, असार २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij