काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । संसद सचिवालयका अनुसार सिंहदरबारस्थित संघीय संसद भवनमा बस्ने बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयकमाथि छलफलको कार्यसूची तय गरिएको छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ पेस गर्नेछिन् । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/८२ पनि सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, प्रधानमन्त्री शाहका तर्फबाट मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सभामा पेश गर्नेछिन्
बैठकमा उक्त विधेयक प्रस्तुत गर्नुका साथै ‘नेपाल विशेष ऐन, २०४२’ को साविक व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ
आजको बैठकमा सरकारका तर्फबाट महत्वपूर्ण विधेयक र प्रतिवेदन प्रस्तुत हुने भएकाले संसदको कार्यसूचीलाई चासोका साथ हेरिएको छ ।
प्रकाशित मिति : बिहिबार, असार २५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्