नयाँ प्रणालीमार्फत राहदानी दिन शुरू

नयाँ प्रणालीमार्फत राहदानी दिन शुरू

काठमाण्डौ – राहदानी विभागले नयाँ प्रणालीमार्फत सेवा प्रवाह शुरू गरेको छ । विभागले विज्ञप्ति निकालेर काठमाण्डौको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालेको जनाएको छ ।

विभागका अनुसार केही सेवाग्राहीले आज नयाँ प्रक्रियाबाट छापिएको राहदानी लिइसकेका छन् । नयाँ प्रणालीको स्थिरीकरणको अवधि ३ महिनासम्म रहने भएकाले केही समय सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज, नियमित हने अपेक्षा गरेको विभागको भनाइ छ ।

विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

विभागका अनुसार झन्डै १ करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण भएको छ ।

नयाँ प्रणालीको शुरुआती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : सोमबार, असार २९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij