सम्पत्ति छानबिन आयोगले भन्यो– सबै काम तत्काललाई स्थगित

सम्पत्ति छानबिन आयोगले भन्यो– सबै काम तत्काललाई स्थगित

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सूचना निकालेर आफ्नो काम तत्काललाई स्थगन गरेको छ ।

सर्वोच्च अदालतले बुधबार (असार ३१) आयोगलाई सम्पत्ति विवरण संकलन, छानबिन र कारबाही सिफारिससम्बन्धी सम्पूर्ण काम यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।

यही कारण दर्साउँदै आयोगले काम–कारबाही रोकेको हो । आयोगले सर्वोच्चको अन्तरिम आदेशपछि आफ्ना काम हाललाई स्थगन गरिएको बिहीबार (असार ३२) प्रकाशित सूचनामा जनाएको छ ।

अब आयोगले सर्वोच्चबाट अर्को आदेश नभएसम्मका निम्ति सम्पत्ति विवरण लिने र अनुसन्धान गर्ने कार्य रोक्नेछ ।

प्रकाशित मिति : बिहिबार, असार ३२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij