नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक रूपमा उद्घाटन

नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक रूपमा उद्घाटन

काठमाडौं , नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डा। तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरेका हुन्।

सुरुङमार्गको उद्घाटन भएपनि तत्काल सबै प्रकारका सवारीसाधनका लागि खुला गरिने छैन। प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीलाई मात्रै सञ्चालन गर्न अनुमति दिइनेछ।

करिब तीन महिनाको परीक्षण अवधि ९ट्रायल अपरेसन० सञ्चालन गरिनेछ। यस अवधिमा सुरक्षासम्बन्धी प्रणाली, भेन्टिलेसन, ट्राफिक व्यवस्थापन तथा आपत्कालीन सेवाको सफल मूल्याङ्कन पछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइनेछ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालकै पहिलो सडक सुरुङमार्ग हो। काठमाडौं उपत्यकालाई देशका प्रमुख शहरसँग जोड्ने नागढुङ्गा खण्डमा रहेको दशकौँदेखिको ट्राफिक जाम, जोखिमपूर्ण घुम्ती तथा वर्षायाममा हुने अवरोधलाई कम गर्ने उद्देश्यले यो आयोजना निर्माण गरिएको हो।

जाइका सहयोगमा निर्माण भएको यस आयोजनाको मुख्य सुरुङ २।६८८ किलोमिटर लामो छ। यससँगै आपत्कालीन उद्धारका लागि छुट्टै इभ्याकुएसन टनेल, पहुँचमार्ग, फ्लाइओभर, अत्याधुनिक भेन्टिलेसन, अग्नि सुरक्षा, निगरानी प्रणाली तथा विद्युतीय टोल संकलन प्रणाली पनि निर्माण गरिएको छ।

यस आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्पन्न भएको थियो। निर्माण कार्य सन् २०१९ मा सुरु भएको थियो र करिब ७९ महिनापछि आयोजना सम्पन्न भएको हो।

सरकारका अनुसार सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि नागढुङ्गा–नौबिसे खण्डको यात्रा समय उल्लेखनीय रूपमा घट्ने, ट्राफिक जाम कम हुने, इन्धन बचत हुने तथा काठमाडौं भित्रिने र बाहिरिने सवारी आवागमन थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : सोमबार, साउन ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij