डा. गोविन्द केसीसँग सात बुँदे सहमति, अनसन तोडियो

डा. गोविन्द केसीसँग सात बुँदे सहमति, अनसन तोडियो

काठमाडौँ : स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ।

सहमतिसँगै बिहीवारदेखि धनगढीमा अनसनरत डा. केसीले आजै अनसन तोडेका छन्।

सहमति अनुसार, शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा ३ सय श्शयाको अस्पताल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाउने, गेटाको सभाबाट पारित भए बमोजिम एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि फ्याकल्टी, जनशक्तिको भर्ना, पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक तयारी तुरुन्त पूरा गर्ने, विश्वविद्यालयले ३०० शैयाको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण खरिद लगायतका अस्पताल सञ्चालन सम्बन्धी सम्पूर्ण व्यवस्था तत्कालगर्ने सहमतिमा भएको छ।

विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ लाई समेत समेटी विश्वविद्यालयका पदाधिकारीको योग्यता र नियुक्ति लगायतका विषयमा संशोधन प्रक्रिया संघीय संसदको चालु अधिवेशनबाटै अगाडि बढाउन नेपाल सरकार समक्ष प्रस्ताव पेश गर्ने पनि सहमतिमा उल्लेख छ ।

नेपाल राज्यभित्र सञ्चालित चिकित्सासम्बन्धी शिक्षण संस्था क्रमश गैर नाफामूलक र सेवामूलक संस्थाका रुपमा रहनेछन् भन्ने प्रावधान कार्यान्वयन गर्ने सम्बन्धमा अध्ययन गरी छ महिनाभित्र राय सुझावसहितको प्रतिवेदन पेश गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले एक उच्चस्तीय कार्यदल गठन गर्न नेपाल सरकारसमक्ष प्रस्ताव पेश गर्ने पनि सहमतिमा उल्लेख छ।

753864839_1771023217408845_9129791212967619681_n-1785165797.jpg

753681950_1681111103148965_5982382022011254775_n-1785165797.jpg
 

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  २१:०६

प्रकाशित मिति : सोमबार, साउन ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij