काठमाडौं , लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किएर आएको पहिरोले धन्सार भत्किदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आज बिहान करिब चितीखोलाबाट भाटबेशी ल्याइएको कुलो भत्किँदा आएको पहिरोले विष्णु दत्त सुवेदीको दुईतले ढुङ्गा–माटोले बनेको कच्ची धन्सार पूर्णरूपमा भत्किएको थियो।
धन्सारभित्र रहेका चार जना पुरिएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको कमाण्डमा ११ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरिएको थियो।
उद्धार गरिएका चारै जनालाई प्रारम्भिक उपचारका लागि चिसंकू स्वास्थ्य चौकी, रामबजारमा लगिएको थियो। त्यसपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय लमजुले जनाएको छ।
उपचारका क्रममा मध्यनेपाल नगरपालिका–७ भाटबेशी बस्दै आएका ५९ वर्षीय टिकबहादुर विक र १५ वर्षीया बिनिता विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
घटनामा ५० वर्षीया शुकमाया विक र १६ वर्षीया अस्मिता विक घाइते भएका छन्। उनीहरूको शरीरमा भित्री चोट लागेको छ र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवैको अवस्था हाल मध्यम रहेको बताइएको छ।
प्रकाशित मिति : मंगलबार, साउन १२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्