आज पनि एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज पनि एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – देशका मध्य र पूर्वी क्षेत्रमा गएराति पानी परेको छ । केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको र एक/दुई ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा धादिङको गजुरीमा ८० मिलिमिटर मापन भएको छ । बागमती प्रदेशका केही ठाउँमा, कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा मध्यमसम्मको वर्षा भएको हो ।

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक/दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : बुधबार, साउन १३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij