सिरहाको गोलबजारमा बिहीबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गोली लागेर अन्दाजी १९ वर्षीय गणेश यादवको मृत्यु भएको हो। घटनामा गोली लागेर अर्का एक जना घाइते भएका छन्। घटनाबारे प्रहरीबाट प्रारम्भिक जानकारी प्राप्त भएको बताउँदै विस्तृत विवरण आउन बाँकी रहेको बरालले बताएका छन् ।
सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन भइरहेका बेला झडप भएको थियो। स्थिति नियन्त्रणबाहिर जान थालेपछि भीड नियन्त्रणका लागि प्रहरीले गोली चलाएको प्रशासनले जनाएको छ ।
घटनामा गोली लागेर अर्का एक जना घाइते भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार घाइतेलाई नेपाली सेनाले थप उपचारका लागि अस्पताल पठाएको छ।
प्रशासनले गोलबजार र लहान क्षेत्रमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शनकारीहरू रोकिएको छैन । शान्ति-सुरक्षा कायम गर्न नेपाली सेनासमेत परिचालन गरिएको छ।
प्रकाशित मिति : बिहिबार, साउन १४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्