मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायम

मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायम

जनकपुरधाम । सुनसरीको देवागञ्ज गाउँपालिका कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक बन्दै गएपछि त्यसको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लासम्म फैलिएको छ।

सुरक्षा अवस्था संवेदनशील बनेपछि मधेशका चार जिल्लामा जारी कर्फ्यु आदेश आज पनि निरन्तर रहने भएको छ।

धार्मिक तथा साम्प्रदायिक तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिरहा, धनुषा, पर्सा र सप्तरीले जिल्ला सुरक्षा समितिको सिफारिसमा जारी गरेको कर्फ्यु आदेशलाई आज पनि कायम राख्ने निर्णय गरेका हुन्।

हिजो सिरहाको गोलबजारबाट सुरु भएको हिंसात्मक घटनाले विभिन्न स्थानमा तोडफोड, आगजनी, लुटपाट तथा झडपका घटना निम्त्याएको छ।

घटनाका क्रममा हालसम्म मधेश प्रदेशमा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये नेपाल प्रहरीका दुई जना डीएसपीसहित २२ जना प्रहरी रहेको सुरक्षा स्रोतले जनाएको छ।

स्थिति थप जटिल बन्न नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत उच्च सतर्कतामा परिचालन गरिएको छ।

संवेदनशील क्षेत्रमा सुरक्षा गस्ती बढाइएको छ भने स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेको जनाउँदै शान्ति–सुरक्षाको अवस्था सामान्य नभएसम्म कर्फ्यु आदेश यथावत् रहने संकेत दिएका छन्।

प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन तथा कुनै पनि शंकास्पद गतिविधिको जानकारी तत्काल सुरक्षा निकायलाई दिनसमेत अनुरोध गरेको छ।

प्रकाशित मिति : शुक्रबार, साउन १५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij