राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) ले देशमा शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग संयमता, संवाद र सहिष्णुताको मार्ग अपनाउन आग्रह गरेको छ । जारी अपिलमा एनबीआईले पूर्वी नेपाल तथा मधेश क्षेत्रमा देखिएको सामाजिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण वातावरण कायम गर्नु प्रमुख आवश्यकता भएको जनाएको छ । संस्था सफल व्यवसाय र सफल समाज एकअर्काका परिपूरक भएको मान्यतासहित विगत दुई दशकदेखि शान्ति निर्माण, द्वन्द्व व्यवस्थापन तथा जिम्मेवार व्यवसाय प्रवर्द्धनमा सक्रिय रहेको उल्लेख गरिएको छ ।
एनबीआईले शान्ति नै समृद्धिको आधार भएको उल्लेख गर्दै सबै नागरिक, समुदाय, राजनीतिक नेतृत्व, व्यवसायी, युवा, नागरिक समाज र सञ्चार माध्यमलाई धार्मिक सद्भाव, सामाजिक एकता तथा स्थायी शान्ति कायम गर्न सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
अपिलमा कुनै पनि विवादको समाधान संवाद र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्नेमा जोड दिइएको छ । हिंसा, बन्द तथा अशान्तिले व्यवसाय, रोजगारी र समग्र अर्थतन्त्रमा गम्भीर असर पार्ने भएकाले यस्ता गतिविधिबाट टाढा रहन पनि सबैसँग अनुरोध गरिएको छ ।
एनबीआईका अध्यक्ष कुशकुमार जोशी र लुम्बिनी प्रदेश संयोजक उज्ज्वल प्रसाद कसजूद्वारा जारी अपिलमा शान्तिपूर्ण सामाजिक सद्भाव, सुरक्षित व्यावसायिक वातावरण र दिगो आर्थिक विकासका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको उल्लेख गर्दै सबै पक्षलाई संयम र जिम्मेवारीका साथ अघि बढ्न आह्वान गरिएको छ ।
प्रकाशित मिति : शनिबार, साउन १६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्