तिलोत्तमा, नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकार कल्याणकारी कोष व्यवस्थीत र बलियो बनाउन साधरण सदस्यहरुको सहभागितालाई जोड दिएको छ । बुुटवलमा सम्पन्न साधारणसभामा कल्याणकारी कोषमा मेरो पनि सहभागिता कार्यक्रम सन्चालन गर्दै महासंघले साधरण सदस्यहरुबाट ३ बर्ष सम्म कम्तिमा ३ हजार (स्वेच्छिक सहभागिता) प्रस्ताव पारित गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीमा २ सय ५५ जना सदस्यहरु रहेका छन् । ति सदस्यहरुको स्वेच्छिक सहभागिताबाट कम्तिमा १० लाख रकम उठ्ने अपेक्षा गरिएकोछ ।
हाल महासंघको कल्याणकारी कोषमा ३० लाख रकम मौज्दात रहेको छ । उक्त रकमलाई चालुु बर्षमा बढाएर ५० लाख पुराउने लक्ष्य राखिएको महासंघका कोषाध्यक्ष नरेश के.सी.ले बताए । कल्याणकारी कोष सन्चालनकोलागि नेपाल पत्रकार महासंघ रुपन्देही पत्रकार कल्याणकारी कोष सन्चालन कार्याविधि –२०८२ बनाई कार्यन्वयन गरिएको छ । कल्याणकारी कोष पत्रकार महासंघ रुपन्देहीमा आबद्ध सदस्यहरूको पेशागत सुरक्षा, भैपरी आउने स्वास्थ्य समस्या, दुर्घटनाकोलागि आवश्यक उपचार कोष र महिला पत्रकारहरूको मातृत्व संरक्षणमा टेवा पुर्याउने उद्देश्यले सुुत्केरी कोष सञ्चालन गर्र्न, महासंघको सदस्यको निधन भएमा किरीया खर्च तथा दीर्घ तथा जटिल रोग लागेमा उपचार वापत सहयोग र प्राकृतिक विपत्तिमा परेका पत्रकारलाई सहयोग गर्नेगरी स्थापना गरिएको महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पान्डेले बताए । महासंघले उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा कल्याणकारी कोष ब्यवस्थापन समिती गठन गरी कोष ब्यवस्थापन कार्यक्रम अगाडी बढाएको छ ।
साधरणसभामा कोषाध्यक्ष के.सीले आर्थिक बर्ष २०८२।०८३ मा नेपाल पत्रकार महासंघले ५१ लाख ८९ हजार ८ सय ३ रुपैयाँ ५७ पैसाको आम्दानी जन्य आर्थिक कारोबार गरेको बताए । सोहि अवधिमा ४३ लाख ५ हजार ३ सय ७३ रुपैयाँ ०८ पैसा खर्च भएको छ । यसरी यो अवधिमा ८ लाख ८४ हजार ४ सय ३० रुपैयाँ ४९ पैसा बचत भएको छ। बर्ष ०८१।०८२ मा ४१ लाख ३१ ह्जार ४ सय ५६ रुपैयाँ १ पैसा आम्दानी भएको थियो । जसमध्ये ३५ लाख ५४ हजार ५ सय ४० रुपैयाँ ६३ पैसा खर्च भएको छ । सोहि अवधिमा ५ लाख ७६ हजार ९ सय १५ रुपैयाँ ३८ पैसा बचत भएको छ । नेपाल पत्रकार महासंघको कोष ब्यवस्थापनमा कोषाध्यक्षहरु मित्रबहादुर शाक्य, सुुर्य विश्वकर्मा, दीपक ज्ञवाली, हरिश ढकाल, यमलाल भुुसाल, दीपक विश्वकर्मा, विश्वास ढकाल, स्वस्तीक श्रेष्ठ र सन्जय सौगातको विशेष योगदान रहदै आएको छ ।
महासंघको साधरणसभाबाट शैक्षिक पत्रकारिता कोषको पनि शुुभारम्भ भएको छ । शैक्षिक पत्रकारिता कोषकोलागि शिक्षा पत्रकार समूहका केन्द्रिय निवर्तमान अध्यक्ष कृष्ण मल्लले आफ्नो छोरी स्वर्गिय प्रकृति मल्लको स्मृतिमा १ लाख १ हजार १ रुपैयाँ सहयोग गरेर कोषको शुुभारम्भ गरेका छन् । पत्रकार महासंघ रुपन्देहीका साधरण सदस्य समेत रहेका मल्ल बुुटवल टुुडे पत्रिकाका पुर्व सम्पादक समेत हुन् । उक्त कोषमा दाताहरुको सहयोग जुुटाउनेगरी कोषको शुुभारम्भ गरिएको कोषाध्यक्ष के.सी.ले बताए । उनले भने, ‘प्रत्येक वर्ष शिक्षा पत्रकारिता पुरस्कार बाड्नेगरी कोषको व्यवस्थापन गर्न थालिएको हो । अहिले कृष्ण मल्लले १ लाख १ हजार १ रुपैयाँ दिएर कोषको शुुभारम्भ गर्नुुभएको छ । उक्त कोषमा शिक्षा क्षेत्रसँग सम्बन्धीत जो कोहिले पनि स्वेच्छिक सहयोग गरेर कोष बढाउन मद्धत गर्ने हामीले विश्वास लिएका छौ । ’
पत्रकार महासंघ रुपन्देहीले खेलकुद पत्रकारिता पुरस्कार र फोटो पत्रकारिता पुरस्कारकोलागि पनि अलग अलग ५।५ लाखको कोष बनाउनेगरी साधरणसभाबाट विगतको कार्यसमिती निर्णयलाई अनुुमोदन गरेको छ ।
पत्रकार महासंघ रुपन्देहीले अग्रजलाई सम्मान र युवालाई तालिम तथा फेलोसिप भन्ने अभियान नै चलाएको साधरणसमक्ष अध्यक्ष पान्डेले बताए । यो अवधिमा ७० जना पत्रकारले महासंघले प्रदान गरेको फेलोसिपमा समाचार लेखिरहेको महासंघका सचिव सिपि खनालले बताए । सचिव खनालले भने, ‘हाम्रो कार्यसमितीले लेखनवृत्तिलाई सबैभन्दा बढी जोड दिएका छौ । यो अवधिमा ७० जनालाई लेखनवृत्ति दिएका छौ भने ९० जनालाई विभिन्न दक्षताबृद्धिको तालिममा सहभागि गराएका छौ ।’ सचिव खनालका अनुुसार महासंघ रुपन्देहीले फुुटसल प्रतियोगिता, मिडिया मन्थन, राष्ट्रिय सन्चार सम्मेलन, नलेज सिरिज, अन्तरशाखा अनुुभव आदनप्रदान जस्ता सृजनशील कार्य पनि महासंघ रुपन्देहीले गरिरहेको छ ।
महासंघको बन्दसत्रले सचिव खनालको सांगाठानिक प्रतिवेदन र कोषाध्यक्ष के.सीको आर्थिक प्रतिवेदन पारित गरेको छ । महासंघका केन्द्रिय प्रतिनिधी रामराज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न बन्द सत्रमा महासंघका पुर्व अध्यक्ष शेर बहादुर के.सी, डा. बालकृष्ण चापागाई, डिआर घिमिरे, हरि लम्साल, सल्लाहकारहरु खिमानन्द भट्टाराई, हरिश ढकाल, विनोद परियार, नारयण सापकोटा लगायतको आतिथ्यता रहेको थियो । बन्दसत्रमा उपस्थित सदस्यहरुलाई उपाध्यक्ष अस्मिना पान्डेले धन्यवाद ज्ञापन गर्दै महासंघको पारदर्शिता र चलायमानकोलागि सबै सदस्यहरुको सक्रिय सहभागिता जरुरी रहेको बताईन् । बन्दसत्रको माईन्युट प्रमाणीकरण श्याम पोखरेल, मिना ढकाल र ओम पंगेनिले गरेका छन ।
प्रकाशित मिति : मंगलबार, साउन २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्