काठमाडौं । नेपाली कांग्रेसको नेता डा. शशांक कोइरालाले १५ औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा हुने दाबी गरेका छन्।
राष्ट्रिय भेलास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू पार्टी विभाजनको पक्षमा नरहेको प्रस्ट पारे।
भेला आयोजक समितिका संयोजक समेत रहेका कोइरालाले भने, ‘हामीलाई समयअनुसार परिमार्जित गर्दै जानुपर्छ, यस्तै भेलाले गर्ने हो। विभाजन आउने सम्भावना कम छ। आयो भने सिचौँला। तर अर्को पार्टी खोल्ने पक्षमा म छैन।’
उनले देउवाको नेतृत्वमा महाधिवेशन नहुने स्थिति आए छलफलपछि निर्णय लिने बताए।
प्रकाशित मिति : शनिबार, साउन ३० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्