पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग संचालनमा आयो

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग संचालनमा आयो

काठमाण्डौ – चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा पहिरो खस्दा गएरातिदेखि अवरुद्ध पृथ्वीराजमार्ग खुलेको छ ।

मुग्लिन प्रहरीका अनुसार रुखसहितको सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध थियो । पाँचवटा डोजरको प्रयोग गरी बिहान सवा ६ बजेदेखि पहिरो हटाइएको हो ।

पहिरो पन्छाएसँगै यसअघि रोकिएका काठमाण्डौ भित्रने र काठमाण्डौबाट छुटेका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । मुग्लिन–काठमाण्डौ सडकखण्ड संघीय राजधानी काठमाण्डौलाई देशका विभिन्न जिल्ला तथा पश्चिमी क्षेत्रसँग जोड्ने प्रमुख राजमार्ग हो ।

तर पटक पटक हुने अवरोधले गाडी र यात्रु प्रभावित हुँदै आएका छन् । पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाडी चलाउन प्रहरीको आग्रह छ ।

प्रकाशित मिति : आइतबार, साउन ३१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij