पश्चिम क्षेत्रमा पर्सिसम्म नै ठूलो पानी पर्ने सम्भावना

पश्चिम क्षेत्रमा पर्सिसम्म नै ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – देशका पश्चिम क्षेत्रमा पर्सि मंगलबारसम्म नै पानी पर्ने सम्भावना रहेको छ ।

मनसुनी गतिविधि सक्रिय रहेकाले तीन दिनसम्म नै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आजदेखि पर्सिसम्म विशेषगरी पश्चिम क्षेत्रका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

देशका अरु विभिन्न ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको पानी पर्ने अनुमान छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

त्यस्तै आज राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक/दुई मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागका एक/दुई ठाउँमा अति ठूलो वर्षाको  सम्भावना रहेको छ । भोलि र पर्सि पनि यस्तै अवस्था रहने महाशाखाको अनुमान छ । गएराति दाङ, स्याङ्जा, बर्दिया, प्युठानलगायतका जिल्लामा ठूलो पानी परेको थियो ।

मौसमबारेका जानकार उज्ज्वल उपाध्यायकाअनुसार विशेषगरी तल्लो कर्णाली र सुदूरपश्चिम क्षेत्रमा पानी पर्ने सम्भावना छ । मध्य र पूर्वमा पर्सि मंगलबारसम्म ठूलो वर्षाको सम्भावना छैन ।

प्रकाशित मिति : आइतबार, साउन ३१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij