पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न म्याद थप

पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न म्याद थप

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ

प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि आज सोमबार बिहानै अदालत उपस्थित गराएको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले दिएको तीन दिन समय सकिएपछि अदालतले फेरी म्याद थप गरेको हो ।

त्यस्तै, श्रेष्ठको पक्राउविरुद्ध सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमा पनि आजै सुनुवाइ हुँदैछ । सो रिट सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाई हुदैछ ।

यसअघि शुक्रबार सर्वोच्चले श्रेष्ठलाई उनको कार्यलयबाट बरामद गरिएका सामानसहित हाजिर गराउन आदेश जारी गरेको थियो । श्रेष्ठ गत बुधबार वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका थिए ।

प्रकाशित मिति : सोमबार, भाद्र १ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij