मणिग्राम – लैङ्गिक विभेद अन्त्य तथा महिला हिंसाविरुद्ध आवाज उठाउँदै तिलोत्तमा नगरपालिका पुरुष सञ्जालले मणिग्राम चोकमा धर्ना कार्यक्रम आयोजना गरेको छ।
केही दिनअघि सिमरामा गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोध गर्दै दोषीलाई कडा कानुनी कारबाहीको मागसहित सञ्जालले ब्यानर र पम्प्लेट बोकेर धर्ना दिएको हो।
धर्नामा सहभागीहरूले महिला तथा बालिकामाथि हुने हिंसा र यौनजन्य अपराधको अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनसँगै सामाजिक जागरण आवश्यक रहेको बताएका थिए। उनीहरूले लैङ्गिक विभेद अन्त्य गर्न राज्यका निकाय, समुदाय र युवाहरूको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिए।
पुरुष सञ्जालका अध्यक्ष जीवन पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरी, पुरुष सञ्जालका सदस्यहरू तथा विभिन्न क्षेत्रका युवाहरूको सहभागिता थियो।
धर्नामार्फत सहभागीहरूले लैङ्गिक विभेदको अन्त्य, महिला हिंसाविरुद्ध प्रभावकारी अभियान सञ्चालन तथा यस्ता जघन्य अपराधमा संलग्न दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
प्रकाशित मिति : शुक्रबार, भाद्र ५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्