स्याङ्जामा बोलेरो जिप दुर्घटना : दुई जनाको ज्यान गयो १० घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना : दुई जनाको ज्यान गयो १० घाइते

स्याङ्जा , स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।

सोमबार साँझ करिब ५स् ४५ बजे गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरेको थियो । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

जिपमा कति जना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतक र घाइतेको पहिचान पनि खुल्न बाँकी छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : सोमबार, भाद्र ८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij