काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीबारे छलफल गर्न गृहमन्त्री सुधन गुरुङको विशेष उपस्थितिमा मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आकस्मिक बैठक सुरु भएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बततर्फबाट भोटेकोशी नदीमा अत्यधिक ठूलो बाढी आएको हो । बाढीका कारण नदीको जलसतह बढ्नुका साथै तल्लो तटीय क्षेत्र डुबानमा परेको जनाइएको छ ।
अचानक आएको बाढीका कारण नदी आसपासका क्षेत्रमा ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ। बाढीबाट भएको क्षतिको विवरण भने अझै यकिन भइसकेको छैन ।
प्रशासनले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
बाढीको अवस्था र उद्धार तथा राहतका विषयमा आवश्यक निर्णय लिन मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आकस्मिक बैठक बसिरहेको छ ।
प्रकाशित मिति : बुधबार, भाद्र १० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्