विपद् प्रभावितका लागि बुटवल उपमहानगरद्धारा ५१ लाख सहयोग गर्ने निर्णय

विपद् प्रभावितका लागि बुटवल उपमहानगरद्धारा ५१ लाख सहयोग गर्ने निर्णय

बुटवल – बुटवल उपमहानगरपालिकाले विपद् प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

रसुवा गढी नाकामा आएको बाढीबाट ठुलो जनधनको क्षति भएपछि उपमहानगरपालिकाको विहिबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकको सिफारिसका आधारमा कार्यपालिकाको बैठकले सहयोग गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका अनुसार उक्त रकममा जनप्रतिनिधि तथा कर्मचारीबाट प्राप्त हुने सहयोगसमेत थप गरिने जनाइएको छ ।  नगरस्तरीय राजनैतिक दलहरुसहितको उपस्थितिमा बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकको सिफारिस समेतका आधारमा तत्काल आकस्मिक रुपमा कार्यपालिकाको बैठक बसी राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५१ लाख सहयोग गर्ने निर्णय गरिएको नगरप्रमुख खेलराज पाण्डेयले बताए ।

साथै पालिका क्षेत्रका नागरिकहरुमध्ये उक्त विप‌द्मा कोही परेको जानकारी भएमा निजको उद्धारका लागि थप  ५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

यसका साथै उपमहानगरपालिकाले नेपाल सरकार, वैदेशिक दातृ निकाय, देशभित्रका सबै कार्यालय, संघसंस्था एवं व्यक्तिहरु समेतबाट वाढी प्रभावित परिवारहरुलाई उद्धार र राहतका कार्यक्रमहरु उपलब्ध गराउदै आएकले दुःखद् घडीमा सामाजिक उत्तरदायित्वका हिसावले आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्न आग्रह गरृको छ ।

यस्तै आगामि भदौ २२ गतेसम्म कुनैपनि मनोरञ्जनात्मक कार्यक्रम नगर्न, नगराउन बुटवल स्थित सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, संघसंस्था एवं नगरवासीहरुलाई बुटवल उपमहानगरपालिकाले अपिल गरेको छ ।

साथै उपमहानगरले अकल्पनीय घटनाका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना साथै दिवंगत आत्माको चीर शान्तिको कामना सहित  समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij