काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढीको गम्भीर जोखिमलाई मध्यनजर गर्दै नुवाकोटको सदरमुकाम विदुर र त्रिशूली बजार क्षेत्रमा उद्धारमा खटिएका डोजर, उपकरण तथा उद्धारकर्मीलाई क्षतिग्रस्त क्षेत्रबाट तत्काल सुरक्षित स्थानमा सारिएको छ
रसुवामा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीप शमशेर राणाका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मीले सीमा क्षेत्र तथा नदी किनारका सडकमा आवागमन पूर्ण रूपमा रोकेका छन् ।
भोटेकोशीमा पानीको सतह निरन्तर बढिरहेको जनाइएको छ । नदीको बहावमा थप वृद्धि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रमा कार्यरत उद्धारकर्मी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी दिइएको छ ।
प्राधिकरणले नदीको बहावमा आउने कुनै पनि परिवर्तनलाई गम्भीरतापूर्वक लिन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्न आग्रह गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्