काठमाडौँ । नेपाली काँग्रेसका सभापत गगन थापाले विपदको अहिलेको समयमा सरकारसँग काधमा काध मिलाएर अगाडी बढ्ने बताएका छन् ।
आइतबार भोटेकोशी बाढीपछि उत्पन्न विपत व्यवस्थापनमा नेपाली कांग्रेसले अहिले गरिरहेको काम र स्थलगत जानकारीसहित अबको योजनाका बारेमा पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा आफ्नो धारणा राख्दै राहत र उद्धारका क्रममा सरकारलाई साथ दिने बताउदै सरकारको तर्फबाट भएका कमीकमजोरीको विषय पनि जोडदार रुपमा उठाउने बताएका हुन् ।
सभापति थापाले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारहरुसँग समन्वय नगरेको कुरा प्रष्टसँग आएको बताउदै समन्वय बिना राहत र उद्धार प्रभावकारी नहुने बताए । उनले राहत स्थानीय तहले वितरण गर्दा नै प्रभावकारी हुने भन्दै स्थानीय सरकारलाई बाइपास गरेर काम गर्न नसकिने स्पष्ट गरे ।
साथै सभापति थापाले विपदको समयमा पार्टीका सबै नेता कार्यकर्ताहरुलाई सामाजिक संजालमा असंबेदनशील विषय पोष्ट नगर्न निर्देशन दिएका थिए ।
प्रकाशित मिति : आइतबार, भाद्र १४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्