काठमाण्डौ – कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन तत्काल अस्थायी संरचना निर्माण गरिने भएको छ ।
यस्तै, दीर्घकालीन समाधानका लागि सुरुङ तथा बाइपास सडकको विकल्पमा अध्ययन हुनेछ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका विविध उपायका बारेमा छलफल भएको जानकारी दिनुभयो ।
मन्त्रालयमा हिजो बसेको बैठकले काठमाण्डौसँगको आपूर्ति शृङ्खला पुनःस्थापनाका लागि हिलसाइडमा रहेको ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट गाडी सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माण अघि बढाउने निर्णय भएको उहाँले दिनुभयो ।
यस्तै, कृष्णभीर माथिबाट नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याउने विकल्पमा सहमति भएको छ । यस्तै, सडक सञ्चालनका लागि ‘ट्र्याक’ खोल्ने, ‘ग्याबियन बक्स’ तयार पार्ने तथा ‘बोल्डर’ हिलसाइडबाट तल खसालिनेछ ।
पहिरोको दीर्घकालीन समाधानका लागि सुरुङमार्ग निर्माण, ‘सोइल नेलिङ’, ‘सिट पाइल’लगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने छ ।
मन्त्रालयले सुरुङ वा बाइपास सडक निर्माणका सम्भावित विकल्पमा तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडकको व्यवस्था गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनेछ ।
प्रकाशित मिति : बुधबार, भाद्र १७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्