JanataToday.com

Advertisment

SKIP THIS

दृढ सङ्कल्पका साथ विपद्सँग लड्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

दृढ सङ्कल्पका साथ विपद्सँग लड्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

प्रधानमन्त्री वालेन्द्र शाह सिंहदरबारस्थित सङ्घीय संसदमा बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस

प्रधानमन्त्री बालेन्द्र शाहले आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुभएको छ । गएको १० गते बुधवार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढी, त्यसबाट भएको जनधनको क्षति तथा भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापनलगायतका विषयमा उहाँले संसद‍्मा जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री शाहले दृढ सङ्कल्पका साथ विपद्सँग लड्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिङ्गो नेपालको साझा वज्रपात रहेको बताउनुभयो । देशमा सङ्कट परेको बेला नेतृत्वले आड र भरोसा दिनुपर्नेमा उहाँको जोड छ ।

रसुवाको बाढीले ज्यान गुमाउनेको सङ्ख्या एक हजार ११४ जना पुगेको छ । फेला परेका शवमध्ये अहिलेसम्म ९५ जनाको सनाखत भई आफन्तलाई बुझाइएको छ ।

अहिलेसम्म २९२ जना घाइते भएका छन् जसमध्ये १८२ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ । अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् । अहिलेसम्म ११ हजार ९९३ जनाको उद्धार भएको छ ।

सरकारले प्रभावित जिल्ला र पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनुभएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र १७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij