अहिलेसम्म एक हजार ३४४ जनाको शव भेटियो, पाँच हजार जनाभन्दा धेरै बेपत्ता

अहिलेसम्म एक हजार ३४४ जनाको शव भेटियो, पाँच हजार जनाभन्दा धेरै बेपत्ता

काठमाण्डौ – गएको भदौ १० गतेको भोटेकोशी हुँदै आएको बाढीमा परेका मध्ये अहिलेसम्म एक हजार ३४४ जनाको शव भेटिएको छ । पाँच हजारभन्दा धेरै हराइरहेका छन् ।

अहिलेसम्म १३ हजार ९८ जनाको उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म पाँच हजार ६६३ जनाको उपचार गरिएको छ ।

रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ३७ होल्डिङ सेन्टरमा चार हजार ६२७ जनाले सुरक्षित आश्रय लिइरहेका छन् । विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका पनि प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, भाद्र २० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij