सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको छ । आगलागीका कारण महत्वपूर्ण कागजात, कुर्सी, टेबललगायत फर्निचर जलेर नष्ट भएका छन् ।

स्रोतका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बिहानै विद्युत् सर्ट भएपछि आगलागी भएको र फाँटमा रहेका कागजात तथा फर्निचर जलेको पाइएको हो

सर्वोच्च अदालतको नयाँ भवनको भुइँतलामा रहेका २० र २१ नम्बर मुद्दा फाँटमा आगलागी भएको स्रोतले जनाएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ

यसअघि पनि करिब दुई साताअघि सर्वोच्च अदालतमा आगलागी भएको थियो । त्यसबेला भूमिगत तलामा रहेको कार्यालयमा आगलागी भएको थियो । उक्त घटनाबारे अहिले पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij