गुल्मी
मकै जोन गुल्मीको आयोजनामा यथार्थ संकेतपत्र उल्लेखित विउ उत्पादन,प्रशोधन तथा नमुना संकलन तालिम आजबाट सुरुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकैजोन गुल्मीको आयोजनामा यथार्थ संकेतपत्र उल्लेखित मकै विउ उत्पादन, प्रशोधन तथा नमुना संकलन सम्बन्धि तालिमको आज एक कार्यक्रमका माझ उद्घाटन भएको छ ।
कार्यक्रम परियोजनाका निमित्त कार्यालय प्रमुख समिरसिँह बराइ मगरको अध्यक्षता, कृषि ज्ञान केन्द्रका प्रमुख सन बहादुर रानाको प्रमुख आथित्यता , कृषि ज्ञान केन्द्रका लेखा अधिकृत गुणानिधि पाण्डे, कृषि अधिकृत खुबिराम पोख्रेल, परियोजनाका नायव सुब्बा कमल पाण्ये लगाएतको आथित्यता, तालिम संयोजक पुष्पा श्रीसको स्वागत र ना.प्रा.स नारायणी गाहाको सन्चालनमा भएको थियो उक्त तालिममा २५जना कृषकहरुको सहभागिता रहेको र तालिम तिन दिन सम्म सन्चालन हुने तालिम संयोजक पुष्पा श्रीसले जानकारी दिनु भयो ।
प्रकाशित मिति : शुक्रबार, पुष १८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्