JanataToday.com

Advertisment

SKIP THIS

रूपन्देही सुनचाँदी व्यवसायी संघद्धारा त्रैमासिक बुलेटिन ‘रूपन्देही आभुषण’ विमोचन

रूपन्देही सुनचाँदी व्यवसायी संघद्धारा त्रैमासिक बुलेटिन ‘रूपन्देही आभुषण’ विमोचन

बुटवल,(जनता टुडे )- रूपन्देही सुनचाँदी व्यवसायी संघले त्रैमासिक बुलेटिन ‘रूपन्देही आभुषण’को विमोचन गरिएको छ । रुपन्देहीका सुनचाँदी व्यवसायीहरुको इतिहास, गतिविधि, अनुभव र व्यवसायिक प्रवद्र्धनमा सहयोग गर्ने उदेश्यले बुलेटिन प्रारम्भ गरिएको हो ।
बुटवलमा आयोजित एक कार्यक्रमका बीच आज बुलेटिनको नेपाल सुनचादी व्यवसायी महासंघ केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ५ का संयोजक प्रेम कुमार सेन्चुरी संघका अध्यक्ष एम.वि. विश्वकर्मा ,केन्द्रिय सदस्य जोगलाल बिश्वकर्मा लगायतले  विमोचन गर्नुभएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष सेन्चुरीले सुनचाँदी व्यवसायीहरूको संस्थागत गतिविधिलाई समेटेर वुलेटिन प्रकाशन गरेकोमा खुशी प्रकट गर्दै यो कार्यलाइ निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष सेन्चुरीले रुपन्देहिमा पहिलोपटक बुलेटिन प्रकाशन भएको कुरा सकरात्मक पक्ष रहेकाले अब यस कार्यलाइ जिल्ला संगै राष्ट्रिय रुपमा लैजान आग्रह गर्नुभयो ।

सुनचाँदी व्यवसायीहरु आफ्नो पेशामा सधै संवेदनशिल हुनुपर्ने बताउनुभयो  साथै यो पेशा महत्वपूर्ण पेशा भएकाले संस्थागत मूल्य र मान्यतालाई व्यवसायीहरुले आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य जोगलाल विश्वकर्माले बुलेटिन प्रकाशन प्रारम्भ भएकोमा खुसि ब्यक्त गर्दै उहाले विश्वभरीका सुनचाँदी ब्यवसायीको गतिबिधि समाबेस गर्न सुझाब  दिनुभयो । उहाँले वुलेटिन एक दस्ताबेज हुने भएकाले वुलेटिन प्रकाशनलाइ निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो साथै रुपन्देही सुनचाँदी व्यवसायी संघ प्रधानमन्त्रिबाट पुरस्कृत भएकाले यसको गरिमा बचाउने गरि काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संघका सल्लाहाकार सुरेशरत्न ब्रज्रचार्यले नया कामको थालनि भएकाले बुलेटिनमा सबैको गतिविधि समेट्नुपर्ने बताउनुभयो ।
संघका अध्यक्ष एम.वि. विश्वकर्माले प्राप्त भएको सुझावलाई ग्रहण गर्दै सुरुवातको चरण भएकाले आगामि दिनमा थप सुधार गर्दै बुलेटिन प्रकाशन गरिने बताउनुभयो ।

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश न. ५ का संयोजक प्रेम कुमार सेन्चुरीको प्रमुख आतिथ्यता, संघका अध्यक्ष एमवि विश्वकर्माको अध्यक्षता, उपाध्यक्ष यसरत्न बज्रचार्यको धन्यवाद ज्ञापन, कोषाध्यक्ष सिताराम रसाईलीको स्वागत एबम सचिव किशोर सेन्चुरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शनिबार, पुष १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij