बुटवल ।
रुपन्देहीको शुद्दोधन गाउपालिका वडा नम्बर ४ को आयोजनामा तथा सिजिवन भुमिपुत्र नेपाल को सहयोगमा संचालित ३ दिने उत्प्रेणात्मक तालिम एक कार्यक्रमका बीच समापन भएको छ ।
शुद्दोधन गाउपालिकाको शिक्षामा गुणस्तर वृद्धि गर्न तथा सामुदायिक तथा सस्थागत विद्यालयको शिक्षामा एकरूपता ल्याउन विभिन्न संबंधित पक्षहरुको लागि तालीम संचालित गरिएको हो। तालिमको पहिलो दिन वाड नम्बर ४ अन्तरगतका सामुदायिक विद्यालयका अभिभावकहरुको लागि असल अभिभावक कसरी बन्ने भन्ने बिषयमा प्रशिक्षण दिइएको थियोे ।तालिमको दोस्रो दिन फर्सा्टिकर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाइ पढाइमा सफलता कसरी प्राप्त गर्ने ,अनुशासन ,नैतिक शिक्षा आदि वारेमा प्रशिक्षण दिइएको थियोे ।तालिमको तेस्रो दिन शुद्दोधन गाउपालिकाका सामुदायिक एव सस्थागत विद्यालयका सम्पूर्ण प्रधानाध्यापकहरु ,शिक्षक ,कर्मचारी तथा यज्ञोदय क्याम्पसका सम्पूर्ण प्राध्यापकहरुको लागि तालिम दिइएको थियोे ।
तालिममा प्रशिक्षक प्रीतम पौडेलले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा प्रदेश सासद तुलसी प्रसाद चौधरीले शिक्षकले आफुलाइ मुलुकको दिशा निर्देश गर्ने महत्त्वपूर्ण व्यक्ति भएको महसुस गर्नुपर्ने बताउनु भयो ।
शिक्षकले यदि आफुलाइ दैनिक आठ घण्टाको लागि मात्र ड्युटी मान्दछ भने त्यो शिक्षक वास्तवमा शिक्षक नभएको बताउनु भयो।शिक्षकले जिम्मेवार भएर आफुलाइ चौबिसै घण्टाको विद्यार्थीको लागि जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
शिक्षकको ब्यक्तित्वबाट समाज , विद्यार्थीले अनुकरण गर्ने हुनाले शिक्षकले सचेत भएर समाजलाइ निर्देशीत गर्नुपर्ने बताउनु भयो। जिल्ला शिक्षा समन्वय इकाई कार्यालय रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले विद्यालय शिक्षामा सुधार ल्याउने प्रमुख व्यक्ति प्रधानाध्यापक नै भएको बताउनु भयो।समय परिवर्तन सगसगै शिक्षकले आफुसग क्षमता हुदाहुदै पनि अपडेट गर्न ध्यान नदिदा शैक्षिक गुणस्तरमा धेरै जसो विद्यालय पछी परेको बताउनु भयो।
शुद्दोधन गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र कंडेलको अध्यक्षता, प्रदेश सासद तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यता, जिल्ला शिक्षा समन्वय इकाई कार्यालय रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालको विशिस्ट आतिथ्यता, सिजिवन भुमिपुत्र नेपालका संयोजक मोति थापाको संचालनमा सप्पन्न कार्यक्रममा शुद्दोधन प्याबसनका पुर्व अध्यक्ष झलक थापा, फर्सा्टिकर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज पौडेल ,शैक्षिक पत्रकार कृष्ण मल्ल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
प्रकाशित मिति : आइतबार, पुष २० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्