JanataToday.com

Advertisment

SKIP THIS

अस्ट्रेलियाको न्यु साउथ वेल्सको जङ्गलमा लागेको आगो निकै खतरनाक

अस्ट्रेलियाको न्यु साउथ वेल्सको जङ्गलमा लागेको आगो निकै खतरनाक

काठमाण्डौ
अस्ट्रेलियाको न्यु साउथ वेल्सको जङ्गलमा लागेको आगो निकै खतरनाक स्थितिमा पुगेको छ । गएको सेप्टेम्बरमा लागेको आगोबाट कम्तीमा २४ जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै ५० लाख हेक्टरमा लगाइएको अन्नबाली नष्ट भइसकेको छ ।


आगलागी कारण झण्डै ५० करोड जनावर र पशुपंक्षी मरिसकेका छन् । यसैबीच एउटा दर्दनक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा एउटा कङ्गारुको बच्चा जलेर तारमा टाँसिएको अवस्थामा देख्न सकिन्छ ।


आगलागीबाट बच्न भागेको कङ्गारुको बच्चा तारमा फस्न पुग्यो र त्यहाँबाट भाग्न नसक्दा पूरै जलेर खरानी भयो । यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।


आगो लाग्न सुरु भएको चार महिना बितिसक्दा पनि अस्ट्रेलियाको जङ्गलमा लागेको आगो निभेको छैन । आगलागीका कारण कङ्गारु, स्तनधारी पशुपंक्षी मरेका छन् ।


आगलागीमा फसेका जनावरहरुलाई बचाउन कैयौँ संस्था लागिपरेका छन् । आगलागीका कारण अहिलेसम्म अस्ट्रेलियाको १५ मिलियन एकड क्षेत्रफल जङ्गल खरानी भइसकेको छ ।
अस्ट्रेलिया सरकारले न्यु साउथ वेल्स र भिक्टोरिया प्रान्तको जङ्गलमा लागेको आगोलाई लिएर आपतकालीन स्थिति घोषणा गरेको छ । सडक बन्द गरिएको छ भने स्थानीय र पर्यटकलाई त्यहाँबाट अन्यत्रै पठाइएको छ ।


यो सिजनमा यो तेस्रो पटक आपतकालीन घोषणा हो । अस्ट्रेलियामा यो वर्ष यहाँ सबैभन्दा गर्मी र सुख्खा सिजन हो । यहाँ ५० डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ ।


अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विरोधको सामना गरिरहेका छन् । एक जना दमकलकर्मीले प्रधानमन्त्रीसँग हात मिलाउन पनि मानेनन् ।
यसैबीच प्रधानमन्त्रीको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा प्रधानमन्त्री दमकलकर्मीसँग हात मिलाउन अघि बढ्छन् र दमकलकर्मी भने माफी माग्दै अन्यत्रै लाग्छन् ।

प्रकाशित मिति : सोमबार, पुष २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij