सामाजिक विकृति हटाउँदै समाज विकासमा लाग्नुपर्नेमा जोड

सामाजिक विकृति हटाउँदै समाज विकासमा लाग्नुपर्नेमा जोड

 

सैनामैना, जनता टुडे-सैनामैना नगरपालिका वडा नं ३ का वडाध्यक्ष रत्न बहादुर पौडेलले समाजिक विकृति हटाउँदै समाज विकास लाग्नुपर्ने बताउनुभएको छ । आज सुनगाभा टोल विकास संस्थाको प्रथम साधारणसभामा बोल्दै वडाध्यक्ष पौडेलले सुनगाभा टोल विकास संस्थाले विगतका दिनमा गरेको कार्य प्रति प्रशंसा प्रकट गर्दै भावी विकास निर्माणमा सामाजिक संस्थाहरु लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँ असल समाज निर्माण गर्न स्थानीय सामाजिक संस्थाहरु , युवा क्लब , बाल क्लबको ठूलो योगदान रहने बताउनुभयो । यस्तै , कार्यक्रममा आफ्ना मन्तब्य राख्दै कार्यक्रमका विशिष्ठ अतिथि तथा समाजसेवी कृष्ण कुवरले संस्थालाई हरपल साथ र सहयोग रहेको बताउँदै संस्थाको संरचना निर्माणका निम्ति कुनै पनि जग्गा नभएकाले सैनामैना ३ राधाकृष्ण कलौनीमा रहेको १४ धुर जमीन संस्थाको नाममा दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सुनगाभा टोल विकास संस्थाका अध्यक्ष राम प्रसाद पौडेलको अध्यक्षता , सैनामैना नगरपालिका वडा नं ३ का वडाध्यक्ष रत्न बहादुर पौडेलको प्रमुख आतिथ्यता , समाजसेवी कृष्ण कुवर तथा सुनगाभा पब्लिक माध्यमिक विद्यालयका प्राचार्य तिलब के.सीको विशिष्ठ आतिथ्यता , कार्यक्रम संयोजक चाम बहादुर क्षत्री , संस्थाका सदस्यहरूको उपस्थितिमा सम्पन्न कार्यक्रमबाट दस सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।

संस्थाको नव निर्वाचित अध्यक्षमा रमा पौडेल , उपाध्यक्षमा सिर्जना न्यौपाने , सचिवमा लक्ष्मण खनाल , कोषाध्यक्षमा हरि भण्डारी , सदस्यहरुमा राधिका खत्री , अस्मिता भुषाल , सीता पाण्डे , विनोद खत्री तथा लेखा संयोजकमा प्रकाश गौतम र लेखा सदस्यमा राधिका पौडेल निर्वाचित हुनुभएको हो । नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै वडाध्यक्ष पौडेलले संस्थालाई प्रभावकारी ढंगबाट अगाडि बढाएर आगामी दिनमा संस्थाले समाजमा घट्ने विकृति विसङ्गतिलाई निर्मूल पार्नुपर्ने बताउनुभएको थियो भने कार्यक्रम संस्थाका निवर्तमान सचिव सिर्जना न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, पुष २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij