सैनामैना
सैनामैना सुनचाँदी ब्यवसायी संघको प्रथम वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन आज सम्पन्न भएको छ ।कार्यक्रममा सुनचाँदी ब्यवसायीहरुले सरकारले प्रयाप्त मात्रामा सुन नदिँदा आफुहरुको ब्यवसाय सञ्चालन गर्न समस्या परेको बताएका छन ।
सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीको उपस्थितीमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै कार्कीले विभेदमुक्त समाजको निर्माणको लागि सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।सैनामैना नगरपालिकामा एक महिनामा २ किलो सुन आएपनि एक हप्तामा नै २ किलो सुन खपत हुने गरेको सैनामैना सुनचाँदी ब्यवासीय संघका सचिब रिजन गहतराजले बताउनुभयो सैनामैना नगरपालिकामा ६४ वटा सुनचाँदी ब्यवसायी रहेको बताउँदै प्रयाप्त सुन नहुँदा ब्यवसाय सञ्चालनमा समस्या हुने गरेको बताउनुभयो ।

सैनामैना सुनचाँदी ब्यवसायी संघका अध्यक्ष भुवनसिंह बरालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख मनोज कुमार श्रेष्ठ, , रुपन्देही सुनचाँदी ब्यवासयी ससंघका अध्यक्ष एम.वि. विश्वकर्मा, रुपन्देही सुनचाँदी ब्यवासयी संघका सचिब किशोर सेन्चुरी , सैनामैना ब्यापर संघका प्रथम उपाध्यक्ष दिपक चालिसे, उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष माया ज्ञवाली, बाणगंगा सुनचाँदी ब्यवसायी संघका अध्यक्ष डिलबहादुर खाती लगायतले बोलेका थिए ।

प्रकाशित मिति : बुधबार, पुष २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्