बुटवल ।
रुपन्देहीको सैनामैनामा चौंथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव आजदेखि सुरु भएको छ । सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा मर्गियामा सुरु भएको महोत्सवको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले उद्घाटन गर्नुभयो।
महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख कार्कीले सैनामैनामा औद्योगिक ग्रामको स्थापना गरि उद्योगको विस्तार गरिने बताए । उनले सैनामैना नगरपालिका आर्थिक हबको रुपमा विकास हुँदै गएको बताउँदै महोत्सवले आर्थिक चलायमान कायम गर्न मद्धत पुग्नेमा जोड दिनुभयो । कार्कीले नगरपालिकामा तिव्र गतिमा विकास भईरहँदा आर्थिक क्रियाकलाप पनि बढ्ने भएकाले व्यापार व्यवसायको सम्भावना रहेको बताउनुभयो । यस्तै सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्रीले महोत्सवले सैनामैनाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । महोत्सवले सैनामैनामा रहेको बोलबम धाम, मलमला मन्दिर, थारु जातिको विशेषता झल्काउने थारु होमस्टे, बाटो, बस्ती विभिन्न जातीका संस्कृती भेषभूषा लगाएतको प्रवद्र्धन गर्ने मद्धत पुराउने बताउँदै यस क्षेत्रको आर्थिक, पर्यटन, संस्कृति विकास गर्नको लािग महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने दाबी गर्नुभयो कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य भूमिलाल सापकोटा, नेपाली कांग्रेस जिल्ला उपसभापति फडिन्द्र प्रसाद शर्मा, नेपाल उद्योण वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठ, बुटवल उद्योण वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, सैनामैना व्यापार संघका अध्यक्ष जिवनाथ पाण्डे, मूल्याङ्क समितिका संयोजक खुशीाराम चौधरी, रयाली संयोजक चाम बहादुर क्षेत्री लगायतले मेलाले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुराउँने दाबी गर्नुभयो । महोत्सवमा विभिन्न स्थालबाट संघ संस्थाको आयोजनामा झाँकी सहितको रयाली प्रस्तुत गरिएको थियो । झाँकी प्रस्तुतीमा पुर्व तर्फबाट क्षेत्री समाज नेपाल सैनामैना, पश्चिमबाट रामापुर मावि प्रथम भएका छन् यस्तै पुर्व तर्फबाट अश्नैया आमा समुह सैनामैना ४ र पश्चिमबाट गुरुङ्ग समाज सैनामैना दोश्रो भएका छन र दुवै तर्फबाट नेपाल गर संघ सैनामैना तृतिय स्थान हासिल गर्न सफल भएका छन ।
महोत्सवमाभोली राष्ट्रिय कलाकार विष्णु खत्री, राजेन्द्र कडेल, विष्णु श्रीपाली, विक्रम बाबु विश्वकर्मा, हास्यकलाकार मदन पौडेलको प्रस्तुत हुने आयोजकले जानकारी दिएको छ । यस्तै शुक्रबारदेखि नै डान्सीङ्ग आईडर मम्मी डान्स प्रतियोगिताको आयोजना हुने छ । सैनामैनामा लाग्ने महोत्सवले बौद्धकालिन सभ्यतालाई झल्काउने प्रचार प्रसारका संयोजक लोकनाथ अधिकारीले जानकारी दिनुभयो । सैनामैनामा बौद्धकालिन सभ्यता संग जोडिएको ठुलो राजा कुंवा, रानिकुंवा, ऐतिहासिक स्थल सैनामैना १ बनकट्टामा रहेको छ । त्यस ठाउँमा अहिले बौद्धकालिन चिजहरु रहेका छन् । बौद्धकालिन वस्तुहरु संरक्षणका लागि संगा्रहलय निर्माण गर्न नगरपालिकाले पहल गरेको छ । सोहि कुरालाई मध्यनजर गर्दै महोत्सवमा लुम्बिनी र सैनामैना संग जोडिएर रहेको बौद्धकालिन सभ्यता तथा ऐतिहासिक स्थलहरुको प्रर्वद्धनका लागि बौद्धकालिन सभ्यताको पार्क निर्माण गरिने आयोजकको भनाई छ ।
मेलामा २२० स्टल रहेका छन् । यस पटकको महोत्सवमा करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको करोबार गर्ने लक्ष्य रहेको सैनामैना उद्योग बाणिज्य संघका महासचिब दिपक अधिकारीले जानकारी दिनभयो। महोत्सव माघ ६ गते सम्म संचालन हुने छ ।
प्रकाशित मिति : बिहिबार, पुष २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्