JanataToday.com

Advertisment

SKIP THIS

लुम्बिनी र स्पेनको काथेरेस नगरबिच भगिनी सम्बन्ध बिस्तार

लुम्बिनी र स्पेनको काथेरेस नगरबिच भगिनी सम्बन्ध बिस्तार

 

रुपन्देही
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका र स्पेनको बिश्व सम्पदा सूचिमा सूचिकृत काथेरेस नगरपालिकाबिच भगिनी सम्बन्ध कायम भएको छ ।
लुम्बिनीको मायादेबि मन्दिर परिसरमा आयोजित कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र काथेरेस नगरपालिकाका प्रमुख लुइस सलया जुलियनबिच भगिनी सम्बन्ध बिस्तार गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

स्पेनको एक्स्त्रेमादुरा प्रदेशका पर्यटन तथा संस्कृतिमन्त्री नुरीया फ्लोरेस रेडोन्डो र प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीको उपस्थितिमा भगिनी सम्बन्ध बिस्तार गर्ने सम्झौतामा हस्ताक्षर गरिएको हो ।
यसैगरी स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसन र लुम्बिनी वरिपरीका नगरपालिका तथा गाउँपालिकाबिचमा पनि भगिनी सम्बन्ध बिस्तारका लागि हस्ताक्षर भएको छ ।

लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष जोस म्यानुयल भीलानोभासंग देबदह नगरपालिका प्रमुख हिरा बहादुर के.सी, रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, कपिलबस्तु नगरपालिका प्रमुख किरण सिंह, बुद्धभुमी नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठ, मायादेवी गाउँपलिका प्रमुख धु्रब नारायण चौधरी, शुद्धोधन गाउँपालिका प्रमुख निसार अहमद खान र गैंडहवा गाउँपालिका प्रमुख बच्चुलाल केवटले भगिनी सम्बन्धमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीले भगिनी सम्बन्ध बिस्तारले दुबै देशको कुटनितिक सम्बन्ध बलियो हुने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनीलाई आकर्षक पर्यटकीय स्थलकोरुपमा बिकास गर्ने तयारी भइरहेका बेला भएको हस्ताक्षर पर्यटन प्रवद्र्धनमा र एक अर्को देशको संस्कृति आदान प्रदानमा महत्वपूर्ण साबित हुने बताउनुभयो ।

लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख चौधरीले बुद्ध जन्मस्थल लुम्बिनीलाई संसारसामु चिनाउन र लुम्बिनी वरिपरीका नगर र पालिकाहरुलाई आधुनिक एवम व्यवस्थित पालिकाकोरुपमा विकास गर्न विभिन्न देशका शहरहरुसंग सम्बन्ध स्थापना गरेर अगाडी बढ्ने तयारीमा रहेको बताउनुभयो ।
काथेरेस नगरपालिकाका प्रमुख लुइसले बुद्ध जन्म स्थलमा आएर साँस्कृतिक नगरसंग भगिनी सम्बन्धमा हस्तारक्षर गर्न पाउदा खुशी लागेको बताउनुभयो ।

प्रकाशित मिति : शनिबार, पुष २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij