JanataToday.com

Advertisment

SKIP THIS

उप–मेयर कप भलिबल प्रतियोगिताको उपाधि कुँवरवर्तीलाई

उप–मेयर कप भलिबल प्रतियोगिताको उपाधि कुँवरवर्तीलाई

तिलोत्तमा
रुपन्देहीको तिलोत्तमामा सञ्चालन भएको प्रथम उप–मेयर रनिङ कप खुला महिला भलिबल प्रतियोगिताको उपाधि तिलोत्तमा–८, प्रदीपनगर स्थित कुँवरवर्ती इंलिस बोर्डिङ स्कुलले प्राप्त गरेको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा बुटवल स्थित एभरेष्ट बोर्डिङ स्कुललाई उपविजेता बनाउँदै कुँवरवर्तीले उपाधि चुमेको हो ।


उपाधिसँगै कुँवरवर्तीले नगद नगद २५ हजार र उपविजेता एभरेष्टले नगद १५ हजार रुपैंयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तृतीय हुने तिलोत्तमा–८, चार नंबर स्थित नवज्योती इंलिस बोर्डिङ स्कुलले नगद १० हजार र सावन्तवना हुने मणिमुकुन्द भलिबल क्लवले नगद ५ हजार रुपैंयाँ प्राप्त गरेका छन् ।

दश टिमको सहभागिता रहेको प्रतियोगिता महिला खेलाडीलाई प्रोत्साहन गर्न लिग चरणको आधारमा आयोजना गरिएको हो । मणिमुकुन्द भलिबल क्लव र कुँवरवर्ती इंलिस बोर्डिङ स्कुलको सहकार्यमा आयोजित प्रतियोगिताका विजयी टीमलाई तिलोत्तमा उप–प्रमुख जागेश्वरी चौधरीले पुस्कार प्रदान गर्नुभयो । त्यसअवसरमा उप–प्रमुख चौधरीले खेलकुदको विकासमा तिलोत्तमा नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।


प्रतियोगिता संयोजक गोविन्द रेग्मीको अध्यक्षता, मिलन रानाको सञ्चालनमा भएको खेल खेल समापन कार्यक्रममा भलिबल रेफ्री लोकेन्द्र भण्डारीलगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : बुधबार, माघ १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij