बुटवल ।
मुख्यमन्त्री शंकर पोखरेलले मदरसा शिक्षालाई स्वदेशी विषयवस्तुमा आधारित बनाउन निर्देशन दिनुभएको छ ।यसले मात्रै मदरसाका विद्यार्थीको शिक्षा समय सापेक्ष र देशको आवश्यकता अनुसारको बन्ने उहाले बताउनुभयो । मधेश मानव अधिकार गृहले तयार गरेको मदरसा शिक्षा सुधार सुझाब प्रतिवेदन बुझ्दै उहाले मदरसा शिक्षालाई मुलप्रवाहीकरण गर्न प्रदेश सरकारले थुप्रै योजना बनाएको बताउनुभयो । त्यसअनुसार काम गर्न सामाजिक विकास मन्त्रालयसंग सहकार्य गर्न समेत उहाले सुझाब दिनुभयो ।मधेश मानव अधिकार गृहले तयार पारेको प्रतिवेदन सामाजिक विकास मन्त्री सुदर्शन बराललाई समेत हस्तान्तरण गरेको छ ।
बुटवलमा भएको सो भेलाले मदरसा शिक्षा सुधारका लागि थुप्रै काम गर्न बाकी रहेको बताउनुभयो । ‘मदरसाका विद्यार्थीलाई दिने शिक्षा, त्यसका पाठ्यक्रम, सिकाउने तरिकामा सुधार गर्नुपर्छ,’ उहाले भन्नुभयो ।
माहुरी होमले केहीअघि मदरसा शिक्षा व्यवस्थापनका लागि मुस्लिम समुदायका धर्म गुरु, मौलाना, नागरिक अगुवाहरुको भेला आयोजना गरेको थियो । भेलापछि आवश्यक सुझाव सहितको प्रतिवेदन पेस गर्न पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खां संयोजक, प्राध्यापक डा.बिद्यानाथ कोइराला सदस्य र प्रधानाध्यापक बद्रे आलम खाँ सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलले मदरसा शिक्षाको मुल प्रवाहीकरणका निम्ती प्रदेश सरकार तथा स्थानीय सरकारलाई सघाउन नीति, ऐन, नियमावली, कार्यविधि, योजनाको मस्यौदा सहितको प्रतिवेदन तयार पारेको थियो ।
मुस्लिम धर्म गुरु, मौलवी, मौलानाहरुको उल्लेख्य सहभागीतामा बनाएको प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रीलाई बुझाएको माहुरी होमका अध्यक्ष रवी ठाकुरले बताउनुभयो । त्यसक्रममा मुस्लिम अगुवाहरुको समेत सहभागिता थियो ।
प्रकाशित मिति : सोमबार, माघ ६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्