१२ वर्ष अगाडि भारतमा हराएका सन्तोषलाई आज अभिभावकको जिम्मा

१२ वर्ष अगाडि भारतमा हराएका सन्तोषलाई आज अभिभावकको जिम्मा

भैरहवा -१२ वर्ष अगाडि भारतमा हराएका एक व्यक्तिलाई आज अभिभावकको जिम्मा लगाइएको छ । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का अमरबहादुर सुनार र लक्ष्मीदेवी सुनारको कोखबाट १९ वर्ष अगाडि जेठो पुत्रका रुपमा जन्मिएका छोरा सन्तोष सुनारलाई मानव कल्याण मित्र मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालको नेतृत्वका खटिएको उद्धार कर्ताले आज परिवारको जिम्मा लगाएको हो । सन्तोष ७ वर्षको हुँदा २०६४ सालमा रोजगारीको सिलसिलामा भारतको लुदियाना जाने क्रममा रेलमा छुटेका बालक १२ वर्ष पछि आमाबुबा सँग मिलन हुन पुगेको छ । रुपौडिया नाकाबाट रेल चढेर गएका उनीहरु लखनउ पुगेर रेल चेन्ज भयो । छोरालाई रेलमा चढाए तर श्रीमति रेलमा चढाउन भनी तल झरेका अमरबहादुर नचढ्दै रेल चलेर अलपत्र परेको र छोरा रेल सँग गएको बुबा अमरबहादुर सुनार बताउँछन् । हिन्दि भाषा नजानेकोले कसै सँग पनि छोरा हराएको भन्ने कुरा भारतीय नागरिक सँग राख्न सकिएन, पछि आफन्तहरुलाई छोरा हराएको कुरा सुनायौँ तर छोरा फेला पार्न सकिएन बुवा अमर बताउँछन । छोरा कतै भेटिन्छ कि भन्ने आसले श्रीमान् श्रीमती भारतको लुदियानामै बसेर रोजगारी गर्नुका साथै छोरो खोज्ने गरेको आमा लक्ष्मीदेवी सुनार बताउँछिन् ।

२०७५ साउन ४ गते आमाबुबाको नाम, आन्तको नाम बताउन नसक्ने ४ बालकलाई मानव कल्याण मित्र मञ्च तिलोत्तमा, भारतमा रहेको प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा उत्तर प्रदेश राज्य देवरिया संरक्षण गृहबाट उद्धार गरि रुपन्देहीको तिलोत्तमामा रहेको मानव कल्याण मित्र मञ्चमा ल्याइ राखिएको र अन्य ३ जना यस अघि नै परिवारको जिम्मा लगाएको र आज सन्तोषलाई जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा परिवारको जिम्मा लगाइएको अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताए ।

प्रकाशित मिति : मंगलबार, माघ ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij