बालश्रम तथा श्रम शोषणलाई अन्त्य गर्नका लागि नितिगत र व्यवहारिक रुपमा काम गर्नुपर्नेमा जोड

बालश्रम तथा श्रम शोषणलाई अन्त्य गर्नका लागि नितिगत र व्यवहारिक रुपमा काम गर्नुपर्नेमा जोड

रुपन्देही – माघ नेपालका स्थानीय पालिकाहरुले आफ्नो क्षेत्रमा बालश्रम तथा श्रम शोषणलाई अन्त्य गर्नका लागि नितिगत र व्यवहारिक रुपमा काम गर्नुपर्नेमा जोड दिइएको छ । बुधबार विश्व शिक्षाको सहयोगमा लुम्बिनी ग्रामिण विकास परिषद रुपन्देही र दलित मानव अपधकार निगरानी समिति कपिलबस्तुको आयोजनामा बुटवलमा गरिएको वालश्रम तथा श्रमशोषण निवारण र कार्यस्थलको अवस्था सुधारका लागि क्षमता अभिबृद्धि बिषयक गोष्ठिमा सहभागीहरुले यस्तो कुरा बताएका हुन् ।
सो अवसरमा रुपन्देहीका शुद्धोधन र मायादेवी गाउँपालिका तथा कपिलबस्तु शिवराज र बहादुरगञ्ज नगरपालिकाका प्रमुख ÷उपप्रमुख, वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा र महिला तथा वालवालिका शाखा प्रमुखहरुको सहभागिता थियो । सो अवसरमा विश्व शिक्षाका कार्यक्र प्रमुख सिताराम लुईँटेल र कार्यक्रम अधिकृत दिनेश कुमार कर्माचार्यले सहजीकरण गर्दै बालश्रम शोषणको अवस्था र बालश्रम र शोषण निवारणमा पालिकाहरुको भूमिकाका बारेमा जानकारी गराए ।
कार्यक्रममा मायदेवी गाउँपालिका रुपन्देहीका अध्यक्ष धु्रवनारायण चौधरीले बालश्रम भइरहेको भन्दै यसको अन्त्यका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत अनन्तपाणि मरासीनीले बालश्रम आफैमा चुनौतीपूर्ण भएको भन्दै गरिबि र अशिक्षा अत्यका अभियान पनि सँगै अगाडि बढाउनुपर्ने बताए ।
लुम्बिनी ग्रामिण विकास परिषद रुपन्देहीका अध्यक्ष चन्द्रकान्त खनाल, शिवराज नगरपालिकाका अधिकृत कमल खनाल, दलित मानव अीधकार निगरानी समिति कपिलबस्तुका सचिव खुम बहादुर विक, कार्यक्रम संयोजक लोकनाथ आचार्यले बोल्दै बालश्रम अन्त्य गर्न सबै क्षेत्रका जिम्ेबार हुनुगर्नुपर्ने बताए। ।

प्रकाशित मिति : बुधबार, माघ ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij