JanataToday.com

Advertisment

SKIP THIS

सैनामैनामा आयोजना गरिएको चौथोे राष्ट्रिय सैनामैना औद्योगिक व्यापार महोत्सव समापन

सैनामैनामा आयोजना गरिएको चौथोे राष्ट्रिय सैनामैना औद्योगिक व्यापार महोत्सव समापन

सैनामैना ।

सैनामैनामा आयोजना गरिएको चौथोे राष्ट्रिय सैनामैना औद्योगिक व्यापार महोत्सव समापन भएको छ । पौष २४ देखी संचालन भएको मेला बुधबार एक भब्य समारोहका बिच समापन गरिएको हो । महोत्सव करिब ५ करोड बराबरको आर्थिक कारोबार गर्दै सकिएको छ ।
“आर्थिक विकासका राष्ट्रिय आधार कृषि पर्यटन उद्योग र व्यापार भन्ने” भन्ने मुल नाराका साथ संचालन भएको मेलामा २ लाख ३५ हजार दर्शकले अवलोकन गरेको सैनामैना उद्योग वाणिज्य संघले जनाएको छ । समापन समारोहलाई सम्बोधन गर्दै सैनामैना नगर उपप्रमुख बिना रानाले प्रतिकुल मौसमका बाबजुत पनि सैनामैना महोत्सव सफलताका साथ सम्पन्न गरेकोमा आयोजक प्रति बधाई ज्ञापन गर्नुभयो । कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी रानाले समृद्ध सैनामैना बनाउन मेला महोत्सवले विशेष भुमिका खेल्ने बताउँदै आगामी दिनमा संचालन गरिने महोत्सव अझ व्यवस्थित र प्रभावकारी ढंगले संचालन गर्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले उद्योग ग्रामको योजना बनाईरहेको समेत उल्लेख गनुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि नेपाली कांग्रेस रुपन्देहीका उपसभापति फणिन्द्र प्रसाद शर्माले महोत्सवले स्थानिय प्रतिभाको उजागर गर्न र सैनामैनाको पहिचानलाई चिनाउन सफल भएको बताउनुभयो । शर्माले महोत्सवले साँस्कृतिक,धार्मिक र ऐतिहासिक कार्यक्रमहरु मार्फत सम्पुर्णमा एकरुपता ल्याउन ठुलो टेवा पुर्याएको समेत विश्वास गर्नुभयो ।
कार्यक्रममा नेकपा सैनामैनाका ईञ्चार्ज खुसीराम चौधरीले मेला महोत्सवको संचालनका लागि स्थायी संरचनाको आवश्यता रहेको बताउँदै यसका लागि नगरपालिकाले विशेष चासो दिनुपर्नेमा जोड दिनुभयो ।
१२ दिने मेला सफलता पुर्वक सम्पन्न गरिएको संघका अध्यक्ष राज बहादुर क्षेत्रीको भनाई छ । क्षेत्रीले यस महोत्सवमा भएका कमीकमजोरीहरुलाई आगामी दिन सुधार गर्दै अझ प्रभावकारी ढंगले संचालन गरिने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले सम्पुर्ण दर्शक श्रोता,उद्योग व्यवसायी,स्टलधनी,संघ पदाधिकारी,सहयोगी संघ संस्था,संचारमाध्यम लगायत सम्पुर्णमा आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष धन बहादुर कार्की, सैनामैना व्यापार संघका महासचिव देवराज पौडेल, मुर्गिया खानेपानी उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष शालिकराम भण्डारी, उपभोक्ता हित संरक्षण मंच सैनामैनाका अध्यक्ष दुर्गा गौतम,संघका बरिष्ठ उपाध्यक्ष प्रेम बहादुर खड्का, उद्योग उपाध्यक्ष रिम बहादुर श्रेष्ठ लगायतले बोल्दै सैनामैना महोत्सवले स्थानिय उत्पादन प्रथामिकतामा राखी बुद्धकालिन सभ्यतालाई उजागर गर्न सफल भएको बताउनुभयो । उहाँहरुले महोत्सवमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रर्वद्धन गर्नुका साथै भम्रण बर्ष २०२० लाई सफल बनाउन सहयोग गरेको उल्लेख गर्नुभयो ।
संघका महासचिव दिपक अधिकारीले गत वर्षका व्यापार महोत्सवहरु भन्दा व्यवस्थित ढंगले सम्पन्न गरी लिएको लक्ष्य पुरा गर्न सफल भएको बताउनुभयो । अधिकारीले महोत्सवले स्थानिय उद्योग व्यापारको उत्पादनलाई बजारीकरण गर्न सघाएको समेत उल्लेख गर्नुभयो । संघका सचिव हिमाल गैरेले महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति सहित विभिन्न जात जातिका संस्कृती भल्कीने नाच–गान, झांकी महोत्सवमा प्रदर्शन गरिएको बताउनुभयो । उहाँले विशेष गरी स्थानियलाई प्रथामिकता दिएको बताउनुभयो ।
महोत्सवमा पुरातात्विक सम्पदा, धार्मीक, पर्यटकीय स्थलको प्रर्वद्धन गर्ने उद्देश्यले सैनामैना झल्किने उद्यान–पार्क, शिवजीको मुर्ति, सेल्फिजोन रखिएको थियो । मेलाको मुख्य अकर्षणहरुमा सैनामैना डान्सीङ्ग आइडल, नगर स्तरिय विद्यालय लोक नृत्य प्रतियोगिता, मम्मी डान्स प्रतियोगीता, खुल्ला व्याडमिन्टन प्रतियोगिता, वडा स्तरिय भलिवल प्रतियोगिता, वडा स्तरिय लोक दोहोरी गीत प्रतियोगिता संचालन गरिएको थियो ।
महोत्सवमा तरकारी, फलफुल माछा, मह, विउविजन, मलखाद, कृर्षि औजार, प्रविधि तथा यन्त्र, जडिवुटि, औषधी, पर्यटन तथा शैक्षिक संस्था, छाला तथा छालाका समानहरु, तयारी पोसाक, जुत्ता चप्पल, गलैचा, सौर्य उर्जा, तथा जलविधुत, सुचना प्रविधि, इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स समान, फार्निचर, बैंक तथा वित्तिय संस्था, प्रविधि र कृर्षि लगाएत दैनिक उपभोग्य समानाहरुको स्टल रहेको थियो ।
सैनामैना ४ मुर्गिया निर्माणाधिन बहुउद्देश्यीय रंगशालामा महोत्सव संचालन भएको थियो । महोत्सवमा सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित मिति : बुधबार, माघ ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij