बुटवल –जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ट्याब्लेट बैकिंङ प्रणालीको आज शुभारम्भ गरेको छ ।बुटवलमा एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक गर्भनर डा. चिरन्जिवी नेपालले ट्याब्लेट बैकिंङ प्रणालीको आज शुभारम्भ गनुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै गर्भनर नेपालले यो प्रबिधिको युग भएकाले आर्थिक कारोबारको लागी यो प्रयोग महत्वपुण हुने बताउनुभयो । उहाले महिला दिदी बहिनिको जीबनस्तर उठाउनको लागी संस्थाले गरेको काम महत्वपुर्ण रहेको भन्दै महिला दिदी बहिनिलाइ ब्यवसायमा लगानी गर्नको लागी मात्र ॠण लिन आग्रह गर्नुभयो ।
साथै उहाले बैंक तथा बित्तिय संस्थाको पुँजी बृद्धिलाइ दीर्घ कालिन सोचका साथ अघि बढाएको बताउनुभयो । धेरै संस्थाहरुमा पुँजी छरिएर रहँदा त्यसको लागत पनि बढी पर्ने भएकाले बैंक तथा बित्तीय संस्थाको पुँजी बृद्धिलाई राष्ट्र बैंकले जोड दिएको समेत बताउनुभयो ।
संस्थाको वित्तीय पारदर्शिता, कार्यकुशलता तथा उत्पादकत्व बृद्धि गर्नुका साथै सरल ढंगले सेवा प्रवाह गर्ने मूल अभिप्रायका साथ जनउत्थानले ट्याब्लेट बैकिंङ प्रणाली शुभारम्भ गरेको संस्थाका अध्यक्ष बाबुराम बिश्वकर्माले बताउनुभयो । ट्याब्लेट बैकिंङ प्रणाली युके एडको सक्षम एसेस टु फाइनान्ससंगको सहकार्यमा संचालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत श्रीराम पोखरेलले बताउनुभयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष डा. मानबहादुर बिश्वकर्मा, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतम,नेपाल राष्ट्र बैंक लघुबित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई,निर्मल दाहाल, चौतारी लघुबित्त बित्तीय संस्थाका अध्यक्ष जगतबहादुर पोखरेल, माधब निर्दोश लगायतले बोल्नुभएको थियो।
नेपाल राष्ट्र बैंक बाट मान्यता प्राप्त जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पुर्वको पर्शा देखि पश्चिमको कन्चनपुर सम्मका ११ तराइका जिल्ला र थप ८ ओटा पहाडि जिल्ला गरि जम्मा १९ जिल्लामा ३९ शाखा कार्यालय मार्फत वित्तीय सेवाको पहुच बाट बन्चित करिब ४२,००० गरिब तथा बिपन्न घरपरिवारलाइ वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
संस्थाको चुक्ता पूजी ६ करोड ३३ लाख,कर्जा १ अर्ब ५३ करोड रहेको छ, भने बचत ४९ करोड रहेको छ ।
कार्यक्रममा संस्था द्धारा उर्जा कर्जा अन्तर्गत प्रवद्र्धन गर्दै आइरहेको उर्जा प्रविधिहरु सुधारिएको चुलो ,घरेलु तथा ब्यवसायिक बायो ग्यास ,सोलार कन्मक्सन ड्रायर सौर्य विद्युत प्रणली, सोलार वाटर पम्प ,सोलार वाटर हिटर, सोलार कुटानी पिसानि ,सोलार रेफ्रिजेरेटर, विद्युतिय रिक्साको बारेमा जानकारी गराउनका साथै केहि प्रविधिहरुको नमुना समेत प्रदर्शन गरिएको थियो ।
प्रकाशित मिति : शनिबार, माघ ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्