तिलोत्तमा– तिलोत्तमाको मणिग्राममा सञ्चालित दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेलाको गेट भन्दा केहि अगाडी एक हल गोरू । गोरूलाई मियो वरिपरि घुमाइरहेका एक मानिस । मियोको बीचमा बसेर उखु मेसिनमा पेलिरहेका अर्का मानिस । हेर्दा लाग्छ, कुनै गाँउको दृश्य हो यो, तर यो दृश्य कुनै गाउँको नभई तिलोत्तमाको मणिग्राममा सञ्चालित दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेलाको हो ।
गोरूले उखु पेल्ने कोललाई घुमाएको छ । अर्को व्यक्तिले उखु घानमा राखेर रस निकालेको छ । सगँै रहेको चुलोमा उखुको रस उम्लिँदै छ खुदोको रुपमा । वरिपरि मानिसको भीडले यो दृश्यलाई नौलो मानी हेरिरहेका छन् । कतिले तातो–तातो खुदोको स्वाद मिठो मानी खाइरहेका छन् ।
नेपालका ग्रामीण भेगमा पहिले देख्न पाइने यो दृश्य अहिले भने लोप हुँदै गएपछि यसलाई सहरका बासिन्दासामु लिएर आएका हुन् गुल्मी र अर्घाखाँचीका दुई ब्यवसायीले । आर्घाखाँचीका पाणिनि गाउपालिका २ का हरि प्रसाद गौतम र गुल्मी सत्यवती ६ का शीवलाल गौतमले सञ्चालन गरेको अर्गानिक खुदो उत्पादन तिलोत्तमाको मणिग्राममा सञ्चालित दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेलामा बेग्लै आकर्षणको रुपमा रहेको छ । लोप हुँदै गएको मौलिक प्रविधि देख्दा सबैले अचम्म मानेका थिए ।

ग्रमिण क्षेत्रका उखु ल्याई व्यवसायी गौतम द्वयले मेलामा खुदो उत्पादन गरी बिक्री वितरण गरेको हुन् । गुल्मीको थोर्गा, दिगाम, धरमपानी गाविसमा उत्पादित अर्गानिक उखुलाई उपभोक्ताकै सामु खुदो बनाएर बेचिरहेका उनीहरुले आफ्नो मौलिक पहिचान जोगाउन र स्थानीय उत्पादनलाई प्रसय दिन यो व्यवसाय थालेको बताउँछन् ।
पुराना मान्छेहरुले खुदो खाए स्वस्थ्यको लागी राम्रो हुने रुघाखोकी लगायत चिसोबाट लाग्ने रोगकबाट पनि सन्चो हुने बताए पनि हुने बताएपनि नयाँ पुस्ता लाइ खुदो भनेको के हो भन्ने पनि जानकारी नभएकोले पुराना इतिहासको बारेमा जानकारी गराउनको लागी मेलामा अर्गानिक खुदो उत्पादनको दृश्य प्रत्यक्ष देखाइएको खुदो व्यवसायी हरि प्रसाद गौतम बताए ।कृषि, ब्यापार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित यही माघ १० गतेदेखि सुरू भएको महोत्सवमा कृषि उत्पादनलाई प्राथमिकता दिएर राखिएको छ ।
विभिन्न प्रविधिको विकास संगै शहरमा मात्र होइन ग्रामिण क्षेत्रमा पनि यस्ता किशिमका अर्गानिक खुदो उत्पादनको दृश्य लोप हुदै गएकाले परम्परागत पेलिएको उखु अहिलेको पुस्तालाइ देखाउन खोजिएको अर्का ब्यबसायी शीवलाल गौतमले बताए ।
उनले बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’मा पनि द्धितिय हुदै पुरस्कार प्राप्त गरेको र अहिले तिलोत्तमाको मेलामा पनि नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणबाट प्रोत्साहन स्वरुप रु ५ हजार प्राप्त गरेकोमा आफुहरुमा थप उत्साह जागेको समेत बताए ।

मेलामा उखुको खुदोसँगै अर्गानिक कोदोको पिठो, पहाडमा उत्पादन भएका फापरको पिठो, गहत सिमि ,मकैको आटो , टिमुरको चोक, खुदोबाट बनेको अर्गानिक गुँडसमेत बिक्रीको लागि राखिएको छ । अहिले तिलोत्तमाको मणिग्राममा सञ्चालित दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला रहेका उनीहरु अहिलेसम्म काठमाडौँ, पोखरा, बुटवल, पाल्पालगायतका सहरमा आफ्नो उत्पादन देखाएका छन् ।
मेलामा तातो खुदो एक गिलासको ३० रूपैयाँमा बेचिरहेका उनिहरुलेले उपभोक्ताहरुबाट राम्रो प्रतिक्रिया पाएको बताउँछन् । ‘एकदम नौलो लाग्यो, मिठो लाग्यो मैले यसबारेमा सुनेको थिएँ, आज प्रत्यक्ष देख्न पाएँ’ स्टलमा तातो खुदो खाँदै गरेका बुटवल बेलबासका राजु गैश्रेले भने, ‘स्वाद पनि नौलो लिन पाइयो ।’ लोप हुन लागेका यस्ता नेपाली मौलिक प्रविधिलाई संरक्षण गर्नुपर्ने उनले बताए ।

कृषिलाई बजारीकरण गर्ने उद्देश्यले तिलोत्तमाको मणिग्रामको मेलामा रहेकाउनीहरुको दैनिक आम्दानी १० देखि २० हजार रहेको उक्त ब्यवसायको लागी दैनिक १५ जना जनशक्तीको आवश्यकता पर्दछ ।
महोत्सवमा ५ लाख दर्शकलाई अवलोकन गराउने र १५ करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको संघका अध्यक्ष गुणानिधि भण्डारीले बताए ।
प्रकाशित मिति : सोमबार, माघ १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्