पाकिस्तान हुँदै नेपाल पस्यो पानी पार्ने प्रणाली, ३ दिन बदली, वर्षा र हिमपातको सम्भावना

पाकिस्तान हुँदै नेपाल पस्यो पानी पार्ने प्रणाली, ३ दिन बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं ।

मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन बदली, वर्षा र हिमपातको सम्भावना औंल्याएको छ ।देशको पश्चिम भेग भएर पश्चिम न्यून चापीय प्रणाली भित्रिएको र यसको प्रभावले आगामी ३ दिन बदली, वर्षा र हिमपात हुनसक्ने देखिएको मौसमविद् प्रतीभा मानन्धरले जानकारी दिइन् ।
मौसमविद् मानन्धरका अनुसार, अफगानिस्तान र पाकिस्तान हुँदै सोमबार बिहान भित्रिएको नयाँ प्रणालीको प्रभाव अहिले देशको पश्चिम भागमा परिरहेको छ । यसकै प्रभावस्वरूप हिमाली भेगमा हिमपात र पश्चिमकै पहाडी र तराईमा हल्का वर्षा भइहेको उनले जानकारी दिइन् ।
यो प्रणालीको प्रभाव अहिले देशको पूर्वी र मध्य भागमा भने सामान्य रूपमा परेको छ । त्यसैले यी क्षेत्रमा आज पानी पर्ने सम्भावना छैन । पानी नपरे पनि काठमाडौंलगायतका क्षेत्रमा आज दिनभर घाम र बादलको लुकामारी भने जारी रहने मानन्धरले जानकारी दिइन् ।
पश्चिम न्यून चापीय मौसमी प्रणाली भोलिदेखि भने देशको पश्चिमसँगै मध्य र पूर्वी भागसम्म फैलने छ । यसको फैलावटले भोलि हल्कादेखि सामान्य वर्षा हुने खतरा रहेको मौसमविद् मानन्धर बताउँछिन् । उनका अनुसार, हिमाली क्षेत्रमा भने हिमपात हुनसक्छ ।
पर्सि दिनभर यो श्रृंखला जारी रहे पनि बिहीबार साँझबाट भने मौसम सुधारिने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण छ । ‘आज, भोलि र पर्सि नयाँ प्रणालीले डिस्टर्व गरे पनि पर्सि साँझबाट भने मौसम सुधारिन्छ,’ मौसमविद् मानन्धरले भनिन् ।
शुक्रबारपछि तत्काल नयाँ मौसमी प्रणाली भित्रिने नदेखिएकाले त्यसपछिका दिन घमाइलो हुने मौसमविद्को भनाइ छ ।
यसपटक हिउँदमा पानी पार्ने मौसमी प्रणाली विगतभन्दा केही बढी देखिएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार, विगत वर्षको तुलनामा यो हिउँदमा मौसमी प्रणाली छिटो छिटो अदल–बदल भइरहेको छ ।

प्रकाशित मिति : मंगलबार, माघ १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij