JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमा–९ नगरमै पहिलो शुन्य पोलिथिन घोषणा

तिलोत्तमा–९ नगरमै पहिलो शुन्य पोलिथिन घोषणा

तिलोत्तमा– तिलोत्तमा नगरपालिका वडा नम्बर ९ खुला शुन्य पोलिथिन घोषणा गर्ने नगरमै पहिलो वडा भएको छ । नगरका १७ वटा वडामध्ये वडा नम्बर ९ शुन्य पोलिथिन घोषणामा पहिलो भएको हो । मंगलबार एक समारोहका बीच वडा नम्बर ९ लाई शुन्य पोलिथिन वडा घोषणा गरिएको हो । घोषणाअघि नगरप्रमुख र वडाध्यक्षको नेतृत्वमा वडाबासीले बाजागाजासहितको ¥याली निकालेका थिए ।
उक्त ¥याली मंगलापुर चोकमा पुगेर घोषणासभामा परिणत भएको थियो । समारोहमा वडालाई खुला शुन्य पोलिथिन वडा घोषणा गर्दै नगरप्रमुख वासुदेव घिमिरेले वडाध्यक्ष नारायण न्यौपानेलाई प्रमाणपत्र प्रदान गरे । उनले अव छिटै नै सिंगो नगर खुला शुन्य पोलिथिनमुक्त हुने क्रममा रहेको भन्दै यो अभियानमा साथ दिन नगरबासीलाई आग्रह गरे ।

वडा नम्बर ९ शुन्य पोलिथिन घोषणा गर्ने नगरमै पहिलो वडा बनेकोमा बधाई दिंदै उनले अव यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । शुन्य पोलिथिन घोषणा भएसँगै उक्त वडाले अव प्लाष्टिकजन्य फोहर सडक, सार्वजनिकस्थल वा अन्य कुनै स्थानमा फ्याँकेको पाइएमा जरिवाना लिने नीति बनाएको छ । “घोषणा भएपछि अव हाम्रो जोड यसको प्रभावकारी कार्यान्वयनमा रहन्छ, अव सवारीसाधनबाट जथाभावी फोहर फयाँक्ने वा घर, पसल लगायतबाट प्लाष्टिकजन्य फोहर फ्याँक्ने जरिवानामा पर्छन्”–वडाध्यक्ष न्यौपानेले भने ।

स्वच्छ र सफा नगरले मात्रै नगरबासी स्वस्थ हुने र नगर पनि सुन्दर हुने भन्दै उनले अव सबै वडाबासी कार्यान्वयनमा जुट्ने बताए । वडामा क्रियाशिल विभिन्न टोल कमिटीलाई परिचालन गरी सिंगो वडालाई शुन्य पोलिथिन बनाउन सफल भएको भन्दै उनले यसमा दिनरात खट्ने सिम नेपाल र सम्पूर्ण वडाबासीलाई धन्यवाद दिए ।
सिम नेपालले तिलोत्तमा नगरपालिकालाई यही माघ महिनाभित्रै शुन्य पोलिथिन घोषणा गर्ने गरी अभियान चलाइरहेको छ । यसको नेतृत्व वातावरणविद निपेश ढाकाले गरेका छन् । अव एकसाताभित्र नगरका सबै वडालाई खुला शुन्य पोलिथिन घोषणा गरिने अभियान्ता ढाकाले बताए । “अव हामी अन्तिम चरणमा आएका छौं, एकसाताभित्र नगरका सबै १७ वटै वडा शुन्य पोलिथिन घोषित हुन्छन्, त्यसपछि बृहत कार्यक्रमका बीच सिंगो नगरलाई शुन्य पोलिथिन घोषणा गर्छौं”–ढाकाले भने ।
नगरले यसअघि नै प्लाष्टिक निषेध घोषणा गरेको थियो । प्लाष्टिक र पोलिथिन फरक प्रकृति भएको भन्दै सुरुआतमा पोलिथिन मुक्त घोषणा गरिंदैछ । पोलिथिनले उच्च प्रदुषण गर्ने भन्दै सीम नेपालले तिलोत्तमाबाट सुरु गरेको यो अभियान मुलुकभर नै चलाउँदैछ ।
पोलिथिन भनेका चकलेट, बिस्कुट, चाउचाउका प्याकेट हुन् । जसको पुनःप्रयोग हँुदैन । वातावरणलाई उच्च जोखिममा राख्छन् । प्लाष्टिक भने भाडा वर्तनसहित कुर्चीहरु हुन् । जसको पुनःप्रयोग गर्न सकिन्छ । यी दुई वस्तुलाई छुट्टयाएर नगरपालिकाले व्यवस्थापन गर्न लागेको हो ।

सुर्ती, गुट्खालगायत विभिन्न जङ्क फुडका खोलका कारण बजार क्षेत्र बढी प्रदुषित भएको पाइएको छ । तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको समुदायमा आधारित सरसफाई अभियानका क्रममा प्लाष्टिकजन्य फोहोर बढी पाइएपछि यो अभियान थालिएको हो । नगरपालिकाले हरेक महिनाको १ र १५ गते सरसफाई अभियान सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : मंगलबार, माघ १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij