सुर्खेत
सुर्खेतको वीरेन्द्रनगरमा टिपरले किच्दा एकजनाको मृत्यु भएपछि चर्किएको आन्दोलनकाले उग्ररूप लिएपछि जिल्ला प्रशसन कार्यालय सुर्खेतले ‘कर्फ्यु’ लगाएको छ। सुर्खेतको वीरेन्द्रनगर बजार आसपासमा साँझ ६:३० बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको हो। सुरक्षा बैठकपछि कर्फ्यु लगाउन निर्णय भएको हो।
सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर सम्मको दूरीमा कर्फ्यु जारी गरिएको छ। कर्फ्युको समयमा भेला हुन, अन्य काम गर्न र हिँडडुल गर्नसमेत बन्देज लगाइएको छ।
कर्फ्यु तोडेमा गोलीसमेत हान्न सक्ने चेतावनी समेत दिइएको छ। यसबीच मृतकका आफन्तले चलाएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ। कालीकोट महावै गाउँपालिका-३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्ररूप लिँदा प्रहरीले २ राउण्ड हवाइ फायर गरेको छ। साथै अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए। स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत आठजना घाइते भएक प्रहरीले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, माघ १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्