JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमा व्यापार मेलामा सरसफाईलाई बिशेष प्राथमिकता

तिलोत्तमा व्यापार मेलामा सरसफाईलाई बिशेष प्राथमिकता

बुटवल-रुन्देहीको तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेलामा सरसफाईलाई बिशेष प्राथमिकता दिईएको छ । कृषि, उद्योग र पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको औद्योगिक व्यापार मेलामा प्लाष्टिकजन्य पदार्थलाई निरुत्साहित गर्ने नीति लिईएको हो ।
तिलोत्तमा नगरपालिकाले नगरपालिका क्षेत्र भरीमा ‘क्लिन तिलोत्तमा, ग्रीन तिलोत्तमा’ र प्लाष्टिक मुक्त तिलोत्तमा’ अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सञ्चालन गरेको अभियानलाई साथ र सहयोग गर्नकालागि सन्देश मुलक रुपमा मेलामा सरसफाईलाई बिशेष प्राथमिकता दिईएको तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक मुल समितिका संयोजक गुणनिधी भण्डारी ‘माधव’ले बताउनु भयो ।
मेलामा प्लाष्टिकको प्रयोगलाई प्रतिवन्ध लगाईएको छ भने मेलामा राखिएका होटलहरुमा पनि प्लाष्टिकको प्रयोग नगर्न आग्रह गरिएको छ । मेला भित्र होटल तथा स्टलहरुमा प्लाष्टिकको प्रयोग भएन भएको मेला सचिवालय र तिलोत्तमा नगरपालिकाबाट समेत नियमित अनुगमन भईरहेको नगरपालिकाले जनाएको छ ।
मेलामा फोहोर व्यबस्थापनका लागि क्रियाशिल स्थानीय आमा समुहहरुले सहयोग गरेका छन् । मेलामा सबैको साथ र सहयोगकै कारण आयोजकको चाहना अनुसार मेला स्थल सफा रहेको संघका महासचिव कमल कंडेलले बताउनु भयो । प्लाष्टिकको प्रयोगलाई प्रतिवन्ध लगाईएको मेलामा उत्पादन भएका अन्य फोहोर नगरपालिकाले व्यबस्थापन गर्ने गरेको छ । मेलामा जम्मा भएको फोहोर दिनहुँ नगरपालिकाको गाडी आएर लैजाने गरेको सरसफाई व्यबस्थापन उपसमितिका संयोजक तोलाकान्त अधिकारीले बताउनु भयो ।
मेलामा तिलोत्तमा नगरपालिका भित्र उद्योग तथा उत्पादनलाई स्टलमा सहुलियत प्रदान गरिएको छ भने तिलोत्तमामा लगानीकालागि प्रयाप्त सम्भावना रहेको भन्दै मेलाबाट लगानीको खुल्ला आह्वान समेत गरिएको अध्यक्ष भण्डारी बताउनु हुन्छ ।

‘तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी’ भन्ने नारा सहित यहि माघ १० देखि सुरु भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सव यहि २१ गतेसम्म सञ्चालन हुनेछ । मेलाको छैठौं दिनसम्म मेलामा ६० हजार दर्शकले अवलोकन गरेका छन् भने मेलाभित्र करिव एक करोड ७५ लाख रुपैंया बराबरको कारोवार भएको अनुमान गरिएको संघका कोषाध्यक्ष तथा मेलाका आर्थिक व्यबस्थापन उपसमितिका संयोजक सुरज पंगेनीले जानकारी गराउनु भयो । १२ दिनसम्म सञ्चालन हुने मेलामा ३ सय स्टल रहेका छन् भने ५ लाख दर्शकले अवलोकन गर्ने मेला भित्र १५ करोड बढीको कारोवार हुने अपेक्षा गरिएको छ । मेलामा बुधवार राष्टिृय सभाका नवनिर्वाचित सदस्य गोपाल भटृराई, तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपी कडेल नेकपाका नेता यज्ञ गैरे लगायतका व्यक्तित्वहरुले अवलोकन गर्नु भएको मेला सचिवालयले जनाएको छ ।

मेलामा दर्शकहरुको आगमन दिनप्रतिदिन बढदै गएको छ । मेलामा राखिएको सातै प्रदेशका पर्यटकिय गन्तव्य स्थल र कृषि संग्राहलयमा दर्शकको वढी भिड लाग्ने गरेको मेला सचिवालयले जनाएको छ । मेलामा विहिवार राष्टिृय कलाकारहरु चन्द्र शर्मा , अर्जुन कौशल, रेनुका भटृराई उज्जवल गिरी लगायतको प्रस्तुती रहने छ । त्यस्तै एक्सपर्ट तिलोत्तमा लोक तारा, न्युहोल्याड तिलोत्तमा डायन्स आईडिल र विभिन्न जात जातिका सांस्कृतिक प्रस्तुती रहने छ ।

प्रकाशित मिति : बुधबार, माघ १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij