गु्ल्मी- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, मकै जोन गु्ल्मीको आ.ब. २०७६ /0७७को स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत मकै तथा मकै बीउ सम्बन्धि बजार प्रबर्द्धन तथा अन्तरक्रिया गोष्ठी आज सम्पन्न सम्पन्न भएको छ ।
गोष्ठीका सहभागि सरोकारवाला निकायहरु द्वारा आज मकै बीउको बिक्री मुल्य समेत निर्धारण भएको छ । जस अनुसार अरुण जातको मकै रु.६५ प्रति कि.ग्रा., मन-३ जातको मकै रु.५२ प्रति कि.ग्रा., मन-६ जातको मकै रु. ५६ प्रति कि.ग्रा., देउती जातको मकै रु..५२ प्रति कि.ग्रा. र रामपुर कम्पोजिट जातको मकै रु. ५६ प्रति कि.ग्रा. मुल्य कायम गरिएको छ ।कार्यक्रमका प्रमुखअतिथी जिल्ला समन्वय समिती, गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले गुल्मी जिल्लालाइ मकै बीउमा आत्मनिर्भर बनाउनका लागि मकै बीउ उत्पादक कृषक समुह, सहकारी तथा निजि फर्महरुको महत्वपुर्ण भुमिका रहने हुदा सोहि अनुसार लाग्नु पर्ने कुरामा जोड दिनुका साथै आगामि दिनमा मकै तथा मकै बीउको बजार प्रबर्द्धनका लागि स्थानिय निकायले पनि महत्वपुर्ण निर्वाह गर्ने बताउनु भयो ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले कृषकहरु द्वारा उत्पादित मकै बीउले बजार नपाउने अवस्था आएमा नगरपालिकाले बजारको ग्यारेन्टि गरिदिने प्रतिबद्धता व्यक्त गर्दै किसानहरुलाइ गुणस्तरीय मकै बीउ उत्पादनमा लाग्न अनुरोध गर्नु भयो साथै कृषक द्वारा उत्पादित कृषिजन्य बस्तुको बजारिकणमा किसानहरुलाइ सहयोग गर्ने उद्धेश्यले नगरपालिका द्वारा कृषि तथा पशु उपज संकलन केन्द्र सन्चालनमा ल्याइएको बताउनु भयो ।

उक्त गोष्ठीमा •प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई गुल्मीको संक्षिप्त परिचय, कार्यसन्चालन प्रक्रिया तथा हाल सम्म सम्पन्न क्रियाकलाहरु, मकै जोन क्षेत्रको मकै तथा मकै बिउ उत्पादन र उत्पादकत्व, बीउ माग, आपुर्ति तथा बजारिकरणको अवस्था, अवसर एवम चुनौतिहरु, कृषि ज्ञान केन्द्र द्वारा सन्चालित मकै पकेट तथा ब्लक कार्यक्रमको संक्षिप्त परिचय, कार्य सन्चालन प्रक्रिया र मकै तथा मकै बीउको बजारीकरणमा स्थानिय निकाय तथा सरोकारवालाको भुमिका बिषयक चार वटा कार्यपत्र क्रमश परियोजना कार्यान्यन इकाईका प्रमुख नारायण काफ्ले, कृषि अधिकृत समिर सिँह बराई मगर, कृषि ज्ञान केन्द्र गुल्मीका कृषि अधिकृत टिकाराम न्यौपाने र कृषि तथा पशु उपज संकलन केन्द्र रे.न.पा.का दामोदर पोख्रेल द्वारा प्रस्तुत गरिएको थियो ।

कार्यक्रम परियोजना कार्यान्वयन इकाई, गुल्मीका कार्यालय प्रमुख नारायण काफ्लेको अध्यक्षता, जिल्ला समन्वय समिती गुल्मीका प्रमुख लक्ष्मण पराजुलीको प्रमुख अाथित्यता, रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको विशिष्ट आथित्यतामा सम्पन्न भएको कार्यक्रममा ईस्मा गाउपालिकाका अध्यक्ष लक्ष्मण विष्ट, मालिका गाउपालिकाका अध्यक्ष रित बहादुर थापा, मदाने गाउपालिकाका अध्यक्ष दान बहादुर के.सी., धुर्कोट गाउपालिकाका अध्यक्ष भुपाल पोख्रेल, मालिका गाउपालिका वडा नं.- ८ का वडाध्यक्ष टिका बहादुर जि.सी., जिल्ला बीउ उत्पादक संघ गुल्मीका अध्यक्ष कृष्ण अर्याल, मकै जोनका पुर्व संयोजका तथा सल्लाहकार कृष्ण प्रसाद घिमिरे, उद्योग वाणिज्य संघ गुल्मीका गोपाल प्रसाद भुसाल लगाएतको मन्तव्य रहेको थियो भने मकै जोन सन्चालक समितीका संयोजक लोक बहादुर कुवरको स्वागत मन्तव्य, ना.प्रा.स नारायणी गाहाको सन्चालनमा भएको थियो । उक्त गोष्ठीमा मकै बीउ उत्पादक कृषक समुह, सहकारी, निजी फर्म, व्यापारी, एग्रो भेट सन्चालक, मकै जोन क्षेत्रका स्थानिय तहका जनप्रतिनिधी तथा कृषि प्राबिधिक, पैचो पसल प्रा.लि तथा बिभिन्न सरोकारवाला निकायहरु गरि ४५ जना सहभागिहरुको उपस्थिती रहेका थियो ।
प्रकाशित मिति : बुधबार, माघ १५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्