विद्याकी देवी सरस्वतीको पूजा आराधना आज श्रीपञ्चमी पर्व मनाईदै

विद्याकी देवी सरस्वतीको पूजा आराधना आज श्रीपञ्चमी पर्व मनाईदै

बुटवल ।
विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मुलुकभर आज श्रीपञ्चमी पर्व मनाईदै छ । सूर्य उत्तरतिर लागी दिन लामो र रात छोटो हुने तथा बसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई बसन्तपञ्चमी पनि भनिन्छ । आजकै दिनबाट बालबालिकाहरुलाई औपचारिक रुपमा अक्षर आरम्भ गराउने प्रचलन छ । पर्वका अवसरमा विद्यार्थी, शिक्षक, साहित्यकार, चित्रकार, गायक, नर्तक लगायत विद्या साधकले आ–आफ्ना कला साधनाका सामाग्रीको बिशेष पुजा गर्ने गर्दछन । आफ्नो विद्या निर्विघ्न सम्पन्न होस भन्ने कामना गर्दै मुलु्कभरका सरस्वती मन्दिरहरुमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । त्यस्तै विद्यालयहरुमा पनि बिशेष तरिकाले सरस्वती पुजा मनाउने प्रचलन छ । बौद्ध धर्मालम्वीले पनि विद्याका प्रतिक मञ्जुश्री चीनबाट उपत्यका प्रबेश गरेको दिन मानी सरस्वतीको मुर्तिलाई ज्ञानका प्रतिक सम्बुद्ध भनी एउटै मुर्तिमा बेग्लाबेग्लै आस्थाका साथ पूजा आराधना गर्ने धार्मिक सहिष्णुताको अनुपम प्रचलन रहेको छ ।

प्रकाशित मिति : बिहिबार, माघ १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij