काठमाण्डौ – उखु किसानले पाउनुपर्ने भुक्तानी रकम अझै पाउन नसकेपछि उखु किसान फेरि आन्दोलित बनेका छन् ।
फागुन मसान्तसम्ममा आफूहरुले भुक्तानी नपाए तेस्रो चरणको आन्दोलन गर्ने उखु किसानको चेतावनी छ ।
उखु किसान सङघर्ष समितिले आइतबार विज्ञप्ति निकालेर फागुन मसान्तसम्म पनि सबै बक्यौता रकम भुक्तानी नभए चैत ४ गतेदेखि काठमाण्डौको माइतीघर मण्डलामा अनिश्चितकालिन रिले अनशन गर्ने जानकारी गराएको छ ।
सङघर्ष समितिले तेस्रो चरणको आन्दोलनका लागि फागुन ५ गते गाउँमा गएर उखु किसानको बक्यौता रकमको विवरण संकलन गर्नेछ । यस्तै समितिले फागुन २१ गते एक छाक खाना नखाइ खेतमा काम गर्ने ‘उपवास कार्यक्रम’ राखेको छ ।
प्रकाशित मिति : आइतबार, माघ १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्