गुल्मी-प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई कफी सुपर जोन गुल्मीको आ.व.२०७६ /0७७को स्वीकृत बार्षिक कार्यक्रम अनुसार आज पाल्पामा कार्यक्रम सार्बजनिकीकरण तथा स्थानिय तहको समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती पाल्पाका कार्यबाहक प्रमुख मिरा मरासिनीले पाल्पा पनि कफिको राम्रो सम्भावना भएको क्षेत्र भएको जानकारी दिनुका साथै सुपर जोनको क्षेत्रमा समाबेस भएकोमा खुसि ब्यक्त गर्दै परियोजना बाट सन्चालित कार्यक्रमहरु पाल्पामा लागु गर्नका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता गर्नुका साथै कफि सुपरजोन लागु भएका पाच वटा जिल्ला मध्ये पाल्पालाइ एक नम्वर बनाउनका लागि कफिसुपर जोन लागु भएका पाल्पाका स्थानिय तहका जनप्रतिनिधीहरुलाइ आ-आफ्नो ठाउबाट लाग्न समेत अनुरोध गर्नु भयो ।

कार्यक्रममा परियोजना कार्यान्वयन इकाईका कृषि अधिकृत समिर सिँह बराई मगरले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम परियोजना कार्यान्वयन इकाईका प्रमुख नारायण काफ्लेको अध्यक्षता, जिल्ला समन्वय समिती पाल्पाका कार्यबाहक अध्यक्ष मिरा मरासिनीको प्रमुख आतिथ्यता, माथागढि गाउपालिकाका उपाध्यक्ष निर्मला भट्टराइको विशिष्टआतिथ्यतामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिती पाल्पाका जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवाली, तिनाउ गाउपालिकाका वडाध्यक्ष दल बहादुर दर्लामी, जिल्ला प्रसाशन कार्यालय पाल्पाका सहायक जिल्ला अधिकारी रमा श्रेष्ठ, जिल्ला कफि उत्पादक संघ पाल्पाका अध्यक्ष बलभद्र शर्मा, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरे, प्रधान मन्त्री कृषि आधुनिकिकरण परियोजना पाल्पाका कृषि अधिकृत राबेन्द्र यादब, कृषि ज्ञान केन्द्र पाल्पाका कृषि अधिकृत जेदुराम घिमिरे, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल लगायतले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा कफि सुपर जोन लागु भएका पाल्पा जिल्लाका स्थानिय तहका जनप्रतिनिधि, कृषि प्राबिधिक, कफि उत्पादक कृषकहरु लगायत ५0 जना सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम परियोजना कार्यान्वयन इकाईका कृषि अधिकृत समिरसिँह बराइ मगरको सन्चालन, कफि सुपरजोनका सामाजिक परिचालक प्रमोद अर्यालको संयोजन र कृष्ण प्रसाद भण्डारीको ब्यवस्थापनमा जिल्ला समन्वय समिती पाल्पाको सभाहलमा सम्पन्न भएको थियो । कफि सुपर जोन गुल्मी, अर्घाखाची, पाल्पा, स्याङ्जा र प्युठान गरि पाच वटामा जिल्ला कार्य क्षेत्र रहेको र परियोजनाको कार्यक्रम सार्बजनिकीकरण कार्यक्रम पाच वटै जिल्लामा सम्पन्न हुनुका साथै हाल सम्म जम्मा ४२ वटा कफि उत्पादन कृषक समुह,सहकारी तथा फर्महरु सुपरजोनमा आबद्ध रहेको परियोजनाका कार्यालय प्रमुख नारायण काफ्लेले जानकारी दिनु भयो ।

प्रकाशित मिति : आइतबार, माघ १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्